
काठमाडौं । अर्थमन्त्री अर्थमन्त्री जनार्दन शर्माले नेपालको सार्वजनिक ऋण अत्याधिक बढेको जनाएका छन् । उनले ऋण बढेपनि मुलुकमा विकास भने हुन नसकेको भन्दै आर्थिक परिदृश्य कठिन रहेको बताएका हुन् ।
उनले भने, ‘आर्थिक वर्ष २०७७/७८ मा नेपालको ऋण २५० प्रतिशतले बढेर १७ खर्ब २९ अर्ब पुगेको छ । आन्तरिक तर्फको ऋणमा पनि ४० प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा नेपालको ऋण ६ खर्ब ९८ अर्बं रुपैयाँ रहेको थियो ।’
प्रतिक्रिया दिनुहोस