
काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले नेपालको पुँजी बजारमा सबैको पहुँच विस्तार गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। मंगलबार संघीय संसदमा बोल्दै उनले पुँजी बजारको विकासलाई सरकारले प्राथमिकताका मा राखेको बताएका हुन्।
उनले भने, ‘पुँजी बजारमा साना लगानीकर्ताको संरक्षण गर्न सरकारले कार्यक्रम ल्याउने छ ।’ उनले प्रतिनिधि सभाको बैठकमा लगानीकर्ताको मनोबल उच्च बनाउन नियमन, अनुगमन प्रभावकारी बनाई, यसलाई सुशासनयुक्त, पारदर्शी, प्रविधिमैत्री र जवाफदेही बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले पुँजीबजारमा स्वचालिन प्रणालीको विकास गर्ने र साना लगानीकर्ताको पहुँच बढाउने बताए । साथै, उनले बजारको विकासको लागि वित्तीय स्रोतको सहजना, नयाँ लगानीकर्ताको प्रवेश बढेको बताए ।
त्यस्तै, अर्थमन्त्री शर्माले संसदमा आर्थिक स्वेतपत्र जारी गर्दै उनले २०७४ सालमा तत्कालीन सरकारले आर्थिक स्वेतपत्र जारी गर्दा ४३ अर्बले घाटामा रहेको सञ्चित कोष आर्थिक वर्ष २०७६/७७मा २ खर्ब १६मा पुगेको जनाएका छन् । उनले भने, ‘आर्थिक वर्ष २०७७/७८सम्म बचत हुन सक्ने देखिएको ७३ अर्बलाई सञ्चित घाटा पूर्तिमा लगाउने हो भने पनि एक खर्ब ४३ अर्बले सञ्चित कोष घाटाम रहेको देखिएको छ ।’
साथै उनले आर्थिक वर्ष अन्तिममा खर्च गर्ने प्रवृत्तिले वित्तीय अनुसास थिथोलिएको शर्माले स्वेतपत्रमा उल्लेख गरेका छन् । यसअघिको सरकारले बजेटभन्दा बाहिर गएर सठडककमा लागि ३ खर्ब र रेलमार्गका लागि ५७ अर्ब बजेटको स्रोत सुनिश्चित गरेको स्वेतपत्रमा उल्लेख गरेका छन् । बजेट परिचालनमा अनुशासन नहुँदा बजेट योजना र वित्तीय उत्तरदायित्वमा विचलन आएको शर्माले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस