aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

भारतमा एक कम्पनीको बजारपुँजीकरण एकैदिनमा १५ हजार करोडले घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ असार २०७६
भारतमा एक कम्पनीको बजारपुँजीकरण एकैदिनमा १५ हजार करोडले घट्यो

एजेन्सी । भारतमा बजेट भाषणपछि शेयर बजार ओलारो लाग्ने क्रम रोकिएको छैन । मंगलबार पनि बम्बाइ स्टक एस्क्चेञ्ज(बीएसइ) सेन्सेक्सम गिरावाटका साथ बजार खुलेको छ । मंगलबारको कारोबारमा कयौ कम्पनीको मुल्यमा भारि गिरावट भएको छ । मंगलबार टाटा समूहको टाइटन कम्पनीको बजारपुँजीकरण(भ्यालुएसन)मा एकै दिन करिब १५००० करोडले गिरावट भएको छ ।

टाइटनको विगत ६ वर्षमा यो नै ठूलो भ्यालुएसन गिरावट हो । भारतीय शेयर बजारमा लगानीकर्ताले मन पराएको र धेरै कारोबार हुने कम्पनीमा पर्ने यो कम्पनीको शेयरमा एक्कासी किन गिरावट आयो भन्ने विषय भारतीय शेयर बजारमा चर्चाको विषय बनेको छ । भारतमा वारेन वफेटका नामले चिनिने राकेश झुनझुनवालाले समेत टाइटनमा ठूलो लगानी गरेका छन् ।  

टाइटन कम्पनीले उत्पादन गर्ने घडी र सुनको व्यापारमा कमी आएका कारण यो आर्थिक वर्षको यो त्रैमास कठिन भएको कम्पनीले दावी गर्दै आएको छ । कम्पनीले सार्वजनिक रुपमा यस्तो भनिरहदा चार दिनमा शेयर बजारमा कम्पनीको शेयरमा १५ प्रतिशतको गिरावट आइसकेको छ । गत मार्च महिनासम्ममा कम्पनीको खुद नाफा १४.४ प्रतिशतले मात्र वृद्धि भएको देखाएको छ । 

मंगलबारको गिरावटसँगै कम्पनीको बजारपुँजीकरण १११,२०८बाट झरेर ९६,०५६ करोड भारुमा आइसकेको छ । यसबाट मात्र शेयरबजारका लगानीकर्ताले १५००० करोड भारु गुमाइसकेका छन् । पछिल्लो एक वर्षमा टाइटनको शेयर ३७.२५ प्रतिशतले गिरावट आइसकेको छ । राकेश झुनझुनवालाले टाइटनको शेयर ५.७२ प्रतिशत र उनकी श्रीमति रेखा झुनझुनवालाको नाममा १.३२ प्रतिशत शेयर रहेको छ । 

प्रतिक्रिया दिनुहोस