
एजेन्सी । राज कुन्द्राले आफूलाई एडल्ट फिल्मको व्यापारमा धकेलेको गम्भीर आरोप लगाएकी शर्लिन चोपडा पछिल्लो दिनमा धेरै नै आक्रामक बनेकी छिन् । उनले हालसालै सन् २०१९ मार्च २९ का दिन आफ्नो पहिलो कन्टेन्ट सुट गर्दाको तस्बिर सार्वजनिक गरेर कुन्द्राले त्यस्तो व्यापारमा प्रवेश गराएको थप आरोप लगाएकी हुन् ।
अहिले राज कुन्द्रा पुलिस हिरासतमा नै छन् । र, अगस्ट २० तारिक भन्दा अगाडी उनले माग गरेको जमानतबारे पनि कुनै सुनुवाइ नहुने भएको छ । मुम्बई पुलिसले कुन्द्रा बेलायती नागरिक भएका कारण भाग्न सक्ने सम्भावना रहेको दाबी गरेपछि उनलाई धरौटीमा छोड्न समेत हिचकिचाइरहेको छ ।
चोपडाले आम्स प्राइम मिडिया मार्फत आफ्नो द शर्लिन चोपडा एपको पहिलो भिडियो सुट गराएको बेला सन २०१९ मा आफू कस्तो अवस्थामा थिए भन्ने देखाएकी थिइन् । त्यस बेला राजको कम्पनीसँग सम्झौता गरेर काम गरेकी चोपडाले सम्झौता अवधि समाप्त हुनेवित्तिकै कुन्द्रा विरुद्ध उजुरी दर्ता गराएकी हुन् ।
उनले ट्विटरमार्फत सार्वजनिक गरेको पछिल्लो तस्बिरमा शर्लिन टफ बिकिनी पहिरन लगाएकी छिन् । उनको छेउमा राज कुन्द्रा दुई औलाको भिक्ट्रिसाइन पोजसाथ बसेका छन् भने अर्कोतर्फ बसेका व्यक्तिले नमस्ते गरेका छन् ।
शर्लिनले त्यस बेला आफू नयाँ आशा र जोशको माहोलमा रहेको उल्लेख गरेकी छिन् । अहिले आएर शर्लिनले त्यो सुट गर्नुभन्दा दुई दिन अघि मार्च २७ तारिकमा राज आफ्नो घरमा आएको र आफूमाथि जबरजस्ती गर्न खोजेको समेत बताएकी छिन् ।
शर्लिनले पछि आम्स प्राइमसँग सम्झौता नवीकरण गरिनन् । किनभने उनी राजसँग आफ्नो कमाइको आधा हिस्सा बढ्न तयार रहिनन् । र, सो एपमा रहेका आफ्ना तस्बिर तथा भिडियोहरू हटाउन आग्रह गरिन् । सोही आग्रह नमान्दा अहिले शर्लिनको उजुरीका कारण राज जेलमा पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस