aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

इन्डियन आइडलः अगष्ट १५ मा विजेता घोषणा गरिदैँ, यस्तो छ मूल्यांकनको आधार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २८ साउन २०७८
इन्डियन आइडलः अगष्ट १५ मा विजेता घोषणा गरिदैँ, यस्तो छ मूल्यांकनको आधार

एजेन्सी । इन्डियन आइडल १२ को फाइनलिस्टलाई सामाजिक सञ्जालका आधारमा मूल्यांकन गरिने भएको छ । भारतिय सञ्चार माध्यमका अनुसार इन्डियन आइडल १२ को फाइलन राउन्ड नजिकिएको छ। यही अगष्ट १५ मा इन्डियन आइडलको विजेता घोषणा गरिने छ। इन्डियन आइडलले यसपालि सामाजिक सञ्जालको फलोअर्स र सक्रियताका आधारमा मूल्यांकन गरिने भएपछि सबै सहभागीहरू फलोअर्स बढाउन लागिपरेका छन्।     

यस सिजनको शीर्ष छ सूचीमा पवनदीप राजन, सनमुख प्रिया, अरूणीता कांजीलाल, मोहम्मद दानिश, निहाल ताउरो र सायली काम्बले छन्। यीमध्ये आइडलको ट्रफी कसले लानेछ भनेर तय भएको छैन। सहभागीले आफ्नो सामाजिक मिडियामा फलोअर्स भने कमाइरहेका छन्। 

पवनदीप राजन यो सिजनको इन्डियन आइडलका सबैभन्दा बढी फलोअर्स भएका प्रतियोगी हुन्। उनको इन्स्टाग्राममा दश लाखभन्दा बढी फलोअर्स छन्।  

प्रतिक्रिया दिनुहोस