aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

यसरी बिहीबार बिहानै टुट्यो भारतको चीन र पाकिस्तान नियाल्ने सपना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २८ साउन २०७८
यसरी बिहीबार बिहानै टुट्यो भारतको चीन र पाकिस्तान नियाल्ने सपना

एजेन्सी। भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) को पृथ्वी अवलोकन उपग्रह (EOS-03) को प्रक्षेपण असफल भएको छ। यो सँगै पाकिस्तान र चीनको सिमाना अन्तरिक्षबाट नियाल्ने भारतीय सपना पनि हाललाई अधुरो बनेको छ। 

यो उपग्रह बिहीबार बिहान ५:४३ बजे श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट उडेको थियो, तर  निर्धारित समय भन्दा केही सेकेन्ड अगाडी तेस्रो चरण (क्रायोजेनिक इन्जिन) मा गडबडीको कारण कक्षामा स्थापित हुन सकेन। प्राविधिक कठिनाइको कारण मिसनले नियन्त्रण केन्द्रलाई सङ्केत र डाटा पठाउन बन्द गर्‍यो। यसपछि इसरो अध्यक्ष के सिवनले भने कि मिसन पूरा हुन सकेन।

यो उपग्रहलाई 'आकाशमा आँखा' का रूपमा व्याख्या गरिएको छ । यो प्रक्षेपणले कोरोना महामारीको कारण रोकिएको इसरोको गतिविधिहरूलाई गति दिने अपेक्षा गरिएको थियो।  यो उपग्रहको प्रक्षेपण प्राविधिक कारण र कोरोनाको कारण पनि पहिले ३ पटक स्थगित भएको थियो। अब यसको असफलता पछि इसरोले चाँडै नयाँ प्रक्षेपण मिति घोषणा गर्ने भारतीय संचारमाध्यमहरुले जनाएका छन्।

यो उपग्रहलाई भू-इमेज उपग्रह पनि भनिन्छ। यस मार्फत भारतले चीन र पाकिस्तानसँगको सीमाहरूलाई पनि निगरानी गर्ने योजना बनाएको थियो। यस कारणले यो उपग्रहलाई आकाशमा आँखा भनिएको हो।

अन्तरिक्ष विभाग राज्यमन्त्री जितेन्द्र सिंहले बिहीबार भारतको संसद् राज्यसभामा एउटा प्रश्नको जवाफमा पृथ्वी अवलोकन उपग्रहले दिनहुँ पुरै देशको ४-५ तस्बिर पठाउने बताएका थिए। यस उपग्रहको मद्दतले सिँचाइ, बाली, आँधीबेहरी, बाढी र वनमा परिवर्तनको वास्तविक समय निगरानी सम्भव हुने अपेक्षा थियो ।

यो धेरै विशेष थियो किनकि अन्य रिमोट सेन्सिग  उपग्रहहरू तल्लो कक्षामा छन् र उनीहरू नियमित अन्तराल पछि एक ठाउँमा फर्कन्छन्। त्यसको तुलनामा यसले एक दिनमा चार-पाँच पटक देशको तस्बिर र विभिन्न एजेन्सीहरूलाई मौसम र जलवायु परिवर्तन डाटा पठाउने थियो ।

प्रतिक्रिया दिनुहोस