
एजेन्सी। लखनउ पुलिसले अभिनेत्री शिल्पा शेट्टीलाई कथित ठगीको मुद्दामा सोधपुछ गर्न मुम्बई पठाउने निर्णय गरेको छ। पुलिसले उनकी आमा सुनन्दा सेट्टीलाई पनि सोधपुछ गर्ने अनुमान गरिएको छ।
लखनउकी एक महिलाले शिल्पा र उनकी आमामाथि करोडौँ रकम ठगी गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन् । लखनउ पुलिसले गत वर्ष लोसीस वेलनेस सेन्टर विरुद्ध दर्ता दुई उजुरीको छानबिन गरिरहेको छ। उजुरीमा यो आरोप लगाइएको छ कि यस वेलनेस सेन्टरका कर्मचारीहरूले आफ्ना ग्राहकहरूलाई शिल्पा शेट्टी यसको ब्रान्ड एम्बेसडर हुन् र यसको उद्माघटनमा उपस्थित हुने बताएका थिए ।
आयोसिस स्लिमिङ्ग स्किन सैलुन तथा स्पा वेलनेस सेन्टरको ब्रान्च खोल्ने भन्दै शिल्पा र उनकी आमा सुनन्दाको कम्पनीका मानिसहरूले करोडौंं रुपैयाँ ठगी गरेको आरोप लगाइएको छ । पैसा लिएर पनि शिल्पा र सुनन्दाले वाचा पुरा नगरेको आरोप छ । ज्योत्सनाको साथमा सम्झौता गर्ने समयमा शिल्पा आयोसिस कम्पनीको प्रमुख र उनकी आमा निर्देशक रहेको बताइएको छ ।
यस बाहेक, ग्राहकहरूलाई कथित रूपमा शिल्पा शेट्टीले व्यापारको बढवामा मद्दत गर्ने आश्वासन दिएका थिए । नायिका शिल्पा सेट्टीका श्रीमान् राज कुन्द्रा पोर्नोग्राफीको मुद्दामा हिरासतमा नै रहेको बेला फेरी सेट्टीलाई अर्को आरोप लागेको हो।
भारतीय सञ्चार माध्यमका अनुसार ती महिलाको उजुरीको आधारमा बुधवार प्रहरी उनको घर जुहु पुगेको थियो । मिडियामा प्रहरीहरू हातमा नोटिस बोकेर शिल्पाको घर बाहिर केही प्रहरी उभिएको तस्बिर सार्वजनिक गरिएको छ।
समाचारमा उल्लेख भए अनुसार लखनउको विभूतिखन्ड पुलिस स्टेसनमा ओमेक्स हाइट्स निवासी ज्योत्सना चौहानले शिल्पा र उनकी आमा सुनन्दा सेट्टीमाथि ठगीको आरोपमा उजुरी दर्ता गराएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस