aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

मौद्रिक नीति चुहावटबारे अर्थमन्त्रीको चासो, यसो भन्छन् गभर्नर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २९ साउन २०७८
मौद्रिक नीति चुहावटबारे अर्थमन्त्रीको चासो, यसो भन्छन् गभर्नर

काठमाडौं । मौद्रिक नीति सार्वजनिक गर्ने भनिएको निर्धारित समयभन्दा अगाडि नै त्यसमा भएका व्यवस्थाहरुबारे सञ्चार माध्यमहरूले समाचार बनाएपछि अर्थ मन्त्रालयले यसबारे चासो बढाएको छ । समाचार स्रोतका अनुसार अर्थमन्त्री जनार्दन शर्माले यस विषयमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सोधपुछ गरेका छन् ।  

अर्थ मन्त्रालय स्थित स्रोतले भन्यो, ‘अर्थमन्त्री ज्यूले गभर्नरलाई कसरी मौद्रिक नीति बाहिरियो भनेर सोध्नु भयो । यसबारे मन्त्रालय निकै गम्भीर बनेको छ ।’ यता, गभर्नरले आफू समेत यसबारे अनविज्ञ रहेको र थप कुरा बुझेर अर्थमन्त्रीलाई बताउने बाचा गरेका छन् ।  

गभर्नर महाप्रसाद अधिकारीले भने पछिल्लो घटनाबाट आफू अचम्ममा परेको आर्थिकन्युजसँग प्रतिक्रिया दिएका छन् । उनले भने, ‘एक महिनादेखि हामीले गोप्यता कायम गरेकै हो । आज बिहान मात्रै सञ्चालक समितिमा पेस गरियो । त्यसपछि बाहिरियो ।’  

उनले आफू कसरी र कुन व्यक्ति विशेषबाट यस्तो अक्षम्य गल्ती भयो भन्ने अनुसन्धानमा लागिसकेको बताए । उनले भने, ‘अनुसन्धान सुरु गरिसकेका छौँ । को बाट यस्तो भयो । थाहा हुन्छ । कारबाही गर्छौँ ।’ यही ढङ्गले यस्तै गतिविधि हुने हो भने संस्थागत सुशासन कुनै पनि हालतमा कायम हुन नसक्ने चिन्ता समेत गभर्नरले व्यक्त गरे ।  

निर्धारित समय अगावै मौद्रिक नीति छताछुल्ल, महाप्रसादले गरेकै हुन् त 'महाभूल '?

 

 

 

प्रतिक्रिया दिनुहोस