aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

‘१३ औं शैक्षिक मेला असार २६ देखि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ असार २०७६
‘१३ औं शैक्षिक मेला असार २६ देखि

नेपाल शैक्षिक परामर्श संघले असार २६ गतेदेखि २९ गते सम्म राजधानीको भृकुटीमण्डपमा ‘१३ औं शैक्षिक मेला २०७६’ एक्सपो संचालन गर्ने भएको छ । 

उक्त मेलामा एक लाख पचास हजार भन्दा बढि मानिसहरूले अवलोकन गर्ने अपेक्षा संघले राखेको छ । यस मेलामा विभिन्न देशका राजदुततावास तथा कुटनितिक नियोगहरूलाई समेत आग्रह गरिको छ । 

यस मेलामा ३२६ स्टलहरू राखिने भएका छन् । मेलामा शैक्षिक परामर्श व्यवसायीहरू, स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरू तथा भारत, चीन, बंगलादेश, जापान, फ्रान्स, अमेरीका, बेलायत, न्युजल्याण्ड, अस्ट्रेलिया, आयरल्याण्ड, नर्वे, फिनलैण्ड, मलेसिया, जर्मन, रूस, डेर्नमार्क, लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारी प्रतिनिधिहरूको सहभागिता हुने परामर्श सघंले जनाएको छ । शैक्षिक मेलामा चारैदिन रक्तदान, डेण्टल क्याम्प तथा प्राथामिक उपचारसमेत हुने भएको छ । 

यस कार्यमा संघसँग आबद्ध देशभरिका शैक्षिक परामर्श दातृ संस्थाहरू क्रियाशील रहेको संघले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस