aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

नमस्ते एकेडेमीमा कक्षा ११ शुरु, ब्रिटिस शिक्षा दिइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २९ साउन २०७८
नमस्ते एकेडेमीमा कक्षा ११ शुरु, ब्रिटिस शिक्षा दिइने

भैरहवा । रुपन्देहीको नमस्ते एकाडेमिले अन्तर्राष्ट्रिय रुपमा ख्याति प्राप्त ब्रिटिस कलेजको पाठ्यक्रम र ब्यवस्थापन सहित शिक्षा दिने भएको छ । उक्त विद्यालयले आयोजना गरेको पत्रकार सम्मलेनमा एकाडेमिका अध्यक्ष बिस्नु प्रसाद भुसालले भने, नमस्ते एकाडेमिको शिक्षा अब अन्तर्राष्ट्रिय स्तरको हुनेछ । यो विद्यालय बिट्रिस कलेजका सक्रिय हुनेछ ।

पत्रकार सम्मेलनमा बृटिस कलेजको शिक्षा विश्वमा सर्वोपरि रहेकोले नेपालका लगायत विश्वका विभिन्न ठाउँमा स्थापना गर्दै आएको अहिले नमस्ते एकेडेमी सँग सहकार्य गरेको ब्रिटिस कलेजका सिइओ राजेन कडेलले बताए । उच्च शिक्षाकोलागि बालबालिका बिदेशीनु पर्दा नेपाली संस्कृति पछाडि परेकोले बिदेशी शिक्षा नमस्ते एकेडेमीमा दिन थालेको हो कडेलले भने ।

उनले भने, सन् २०१२ देखि काठमाडौंबाट शुरु गरेको बेलायति ब्यवस्थापनका साथ अन्तरास्ट्रिय सतरको शिक्षा प्रदान गर्न शुरु गरेका थियौ अब त्यो काम नमस्ते एकाडेमिबाट पनि शुरुवात गरिएको छ ।

ब्रिटिस कलेजसंगै सम्बन्धन प्राप्त गरेसंगै नमस्ते एकाडेमिको शैक्षिक ब्यवस्थापन अन्तरास्ट्रिय स्तरको हुनेछ । अहिलेको शिक्षा प्रतिस्पर्धा र  सिपमूलक हुनु पर्ने बताउँदै उच्च शिक्षाका लागि बृटिस शिक्षा नमस्ते एकेडेमीबाट शुरुत भएकोले तिलोत्तमा नगरको लागि गौरबको विषय रहेको तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरेले बताएका छन् ।

रुपन्देहीको तिलोत्तमामा रहेको नमस्ते एकेडेमीले  कक्षा ११ र १२ मा शिक्षणको लागि बृटिस कलेज सँग सम्बन्धन प्राप्त गरेको छ । उच्च शिक्षाका लागि विद्यार्थीलाई बिदेश जान नपर्ने गरि विदेशी शिक्षा नेपालमै प्रदान गर्न लागेको विद्यालय सञ्चालक डिल्लिनारायण पाण्डेले बताएका छन् । विद्यार्थीलाई खेलकुद, नृत्य र ट्युसन पढ्न अन्यत्र धाउन नपरोस र समय खेर नजाओस भनेर बिहान ७ बजे देखि बेलुका ७ बजेसम्म नमस्ते एकेडेमीमा शिक्षा दिने गरेका छौँ पाण्डेले भने ।

रूपन्देही जिल्लालाई शैक्षिक हबको रुपमा विकास गर्न आवश्यक रहेको बताउँदै रूपन्देहीका अन्य कलेजहरू सँग पनि समन्वय गरेर नमस्ते एकेडेमी अगाडि बढ्ने सहायक प्रिन्सिपल लिलामणि पाण्डेले बताए । 

नमस्ते एकेडेमीमा अहिले चार सय विद्यार्थी अध्ययनरत छन् भने गरिब र जेहेन्दार विद्यार्थीलाई १० प्रतिशत सम्म छुटको व्यवस्था रहेको छ । ब्रिटिस शिक्षा काठमाडौंमा ३ ओटा कलेजबाट हुन्छ भने राजधानी बाहिर नमस्ते एकेडेमी पहिलो रहेको छ ।

प्रतिक्रिया दिनुहोस