aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

१२ देखि १७ वर्ष उमेर समूहका बालबालिका लागि मोर्डनाको खोप ल्याइदै

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • शनिबार, ३० साउन २०७८
१२ देखि १७ वर्ष उमेर समूहका बालबालिका लागि मोर्डनाको खोप ल्याइदै

काठमाडौं । मोर्डनाको ४० लाख डोज खोप नेपाल आउने भएको छ । विश्व बैंकले आगामी फागुनदेखि ४० लाख मोर्डना खोप आउने जनाएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले मोर्डनाको ४० लाख डोज खोप खरिदका लागि सम्झौता भएको बताउनुभएको छ । उक्त खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका तथा किशोर(किशोरीलाई लगाइने सरकारले जनाइसकेको छ ।

विश्व बैंकको वित्तीय सहयोगमा कोभ्याससँगको साझेदारीमार्फत सरकारले ४० लाख मात्रा खोप खरिद गर्नका लागि खोपसम्बन्धी विश्वव्यापी सञ्जाल ‘गाभी’सँग सम्झौता गरेको हो । यसरी सम्झौता गरेर खोप खरिद गर्नेमा नेपाल विश्वकै दोस्रो र दक्षिण एसियाकै पहिलो देश हो । ‘२०२२ को मार्चदेखि खोप आउनेछ । यसले नेपालका ७२ प्रतिशत जनसङ्ख्या साथै १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका तथा किशोर-किशोरीलाई खोप दिने लक्ष्यमा सहयोग गर्नेछ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस