काठमाडौं । आर्थिक वर्ष २०७६र७७ मा नेपालमा ६ अर्ब ८ करोड बराबरको नन सेलुलर प्लाष्टिक प्लेट, सिट, फिल्म आयात भएको छ । विगत १२ वर्षको तथ्यांक हेर्दा नन सेलुलर प्लाष्टिक प्लेट, सिट, फिल्म आयातको औसत वार्षिक वृद्धिदर करीब १५ प्रतिशत देखिन्छ । यस तथ्यांकबाट मुलुकमा यस्ता सामग्रीको उद्योग स्थापना र विस्तारमा प्रशस्त सम्भावना रहेको पुष्टि हुन्छ । यसका लागि सरकार र निजीक्षेत्रबाट आवश्यक पहलकदमी लिन आवश्यक देखिन्छ ।
प्रतिक्रिया दिनुहोस