
पेरिस । फ्रान्स सरकारले फ्रान्सेली विमानस्थल प्रयोगकर्ता हरेक यात्रुसँग हवाई टिकटबापत १८ युरो ९२० अमेरिकी डलर० सम्म कर लिने घोषणा गरेको छ । फ्रान्सेली यातायात मन्त्री एलिजाबेथ बोर्नले यस्तो रकमलाई कम प्रदूषणयुक्त यातायात प्रणालीका परियोजनामा खर्च गरिने बताए ।
आगामी सन् २०२० देखि प्रयोगमा ल्याइने यस योजना अन्तर्गत आन्तरिक उडान र युरोपभित्रमा इकोनोमी श्रेणीका टिकटमा १।५ युरो तथा युरोपबाहिर उडान भर्ने बिजनेस श्रेणीका यात्रुमाथि सबैभन्दा बढी कर लिइनेछ, मन्त्री बोर्नले उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस