
एजेन्सी। अन्ततः भारतका भगौडा व्यापारी विजय माल्याको किंगफिशर हाउस बिक्री भएको छ। यसलाई हैदराबादमा आधारित निजी विकासकर्ता सैटर्न रियल्टर्सले ५२ करोड भारतीय रुपैयाँमा किनेको हो।
किंगफिशर हाउस भारतको ऋण वसूली न्यायाधिकरण (डीआरटी) ले बेचेको हो। हाल बिक्री मूल्य यसको १ अर्ब ३५ करोड रुपैयाँको आरक्षित मूल्यको एक तिहाइ मात्र हो। यसअघि उद्धारकर्ताहरूले शेयरको लिलामीबाट २ अर्ब ५० करोड रुपैयाँ बरावरको सम्पत्ति बरामद गरेका थिए।
यो भवनमा किंगफिशर एयरलाइन्सको प्रधान कार्यालय रहेको छ। माल्याको एयरलाइन्स कम्पनी अब पूर्ण रूपमा टाट पल्टिएको घोषित भैसकेको छ। किंगफिशर एयरलाइन्सलाई एसबीआई नेतृत्वको बैंकहरुको १ खर्व रुपैयाँ ऋण छ। हाल लिलाम भएको भवनको क्षेत्र १,५६ वर्ग मिटर छ। यसको भूखण्ड २,४०२ वर्ग मिटर को छ।
भारतीय मिडिया रिपोर्टहरूको अनुसार किंगफिशर हाउस बेच्नको लागी धेरै प्रयासपछि पनि एक जना पनि क्रेता भेट्टाउन सकेनन् । यसअघि सम्पत्तिको लिलामी ८ पटक असफल भएको थियो। ऋणदाताहरूमा सार्वजनिक क्षेत्रका बैंकहरु सहित वित्तीय संस्थाहरू सामेल छन्। किंगफिशर हाउस मार्च २०१६ मा पहिलो पटक लिलामीमा राखिएको थियो। तर, सम्पत्ति लिलामी असफल भयो।
किंगफिशर हाउस मुम्बई एयरपोर्टको नजिकै विले पार्लेमा छ। विशेषज्ञहरूको अनुसार वर्तमानमा यो सम्पत्तिको विकासको लागी कुनै गुन्जाइस छैन किनकि यो मुम्बई एयरपोर्टको बाहिरी भागमा स्थित छ। विजय मालाको एयरलाइन्स कम्पनी किंगफिशर एयरलाइन्स २०१२ बाट बन्द छ।
जुलाई २६ तारिकमा बेलायतको एक अदालतले विजय माल्या टाट पल्टिएको घोषित गर्यो। यस आदेश पछि भारतीय बैंकहरुले अब सजिलैसँग माल्याको संसार भर रहेको सम्पत्ति जफत गर्न सक्नेछन्। भारतीय स्टेट बैंक (एसबीआई) को नेतृत्वमा रहेको भारतीय बैंकको एक समूहले माल्या विरुद्ध ब्रिटिस अदालतमा याचिका दायर गरेको छ। माल्यासँग लन्डन उच्च अदालतको फैसला विरुद्ध अपिल गर्ने कुनै मौका अब छैन।
प्रतिक्रिया दिनुहोस