
काठमाडौं । आफ्नो जनशक्ति अर्थात् श्रमसेवा निर्यात गरेबापत नेपालले गत आर्थिक बर्ष २०७७र७८ मा ९ खर्ब ६१ अर्ब ५ करोड रुपैयाँ विप्रेषण कमाएको छ । वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न मुलुकमा गएका नेपाली कामदाहरूले त्यस बराबरको रेमिट्यान्स (विप्रेषण) पठाएका हुन् ।
नेपाल राष्ट्र बैंकका तथ्यांकअनुसार गत आवमा विप्रेषण आप्रवाह ९ दशमलव ८ प्रतिशतले बढेको छ । अघिल्लो आव २०७६र७७ ८ खर्ब ७५ अर्ब ३ करोड रुपैयाँ विप्रेषण नेपाल भित्रिएको थियो । यस आवमा विप्रेषण आप्रवाह शून्य दशमलव ५ प्रतिशतले घटेको थियो ।
तर, गत आवमा भने विप्रेषण आप्रवाह बढेको छ । कोरोना महामारीका कारण अघिल्लो आवमा विप्रेषण आप्रवाहमा कमी आएको थियो । गत आवमा पनि कोरोना महामारी कायम रहे पनि विप्रेषण आप्रवाह बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
कोरोनाका कारण नेपालको वैदेशिक रोजगार व्यवसाय प्रभावित भएपछि अघिल्लो आवमा विप्रेषण आप्रवाह घटेको थियो । कोरोना नियन्त्रण गर्न श्रम गन्तव्य मुलुकमा लगाइएको बन्दाबन्दीका कारण नेपालीहरू कामदारहरूले रोजगारी गुमाएका थिए । साथै, नयाँ कामदारको माग पनि ≈वात्तै घटेको थियो । त्यसैले अघिल्लो आवमा विप्रेषण आप्रवाहमा कमी आएको थियो ।
तर, कोरोना विपद्कै बीच गत आवमा विप्रेषण आप्रवाहको वृद्धिदर करीब दोहोरो अंकको रहेको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले कोरोना विपद्को प्रभाव कम हुँदै जाँदा विप्रेषण आप्रवाह बढेको बताए । साथै, हुन्डीजस्ता अनौपचारिक माध्यम आउने पैसा पनि औपचारिक माध्यमबाट आउँदा यस्तो भएको उनको भनाइ छ ।
‘पछिल्लो समय श्रम गन्तव्य मुलुकहरूमा रोजगारीको अवसर खुम्चिएन । कोरोना विरुद्धको खोप आएपछि रोजगारीको अवसर पनि खुल्दै गए,’ उनले भने, ‘यिनै कारण गत आवमा विप्रेषण आप्रवाह बढ्न गएको हो ।’
वैदेशिक रोजगारीमा गएका नेपालीले हुन्डीको माध्यमबाट पनि पैसा पठाउन गर्छन् । तर, पटकपटकको निषेधाज्ञा तथा बन्दाबन्दीका कारण नेपालमा हुन्डीजस्ता कारोबार हुन सकेन । त्यसपछि उनीहरूले औपचारिक माध्यमबाट नै पैसा पठाउन शुरू गरेका छन् । गत आर्थिक वर्षको शुरूदेखि नै विप्रेषण आप्रवाहमा वृद्धि देखिएको जानकारहरू बताउँछन् ।
नेपालीहरू मूलतः मलेशिया, कतार, साउदी अरब, यूएई, कोरिया, बहराइनलगायत मुलुकमा रोजगारीका लागि जाने गर्छन् । ती मुलुकहरूबाट नै बढी विप्रेषण भित्रिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस