aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

मन्त्रीको स्पष्टोक्ति : भारतीय पत्र आउनु स्वाभाविक हो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ असार २०७६
मन्त्रीको स्पष्टोक्ति : भारतीय पत्र आउनु स्वाभाविक हो

सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले तरकारी तथा फलफूलको विषादी परीक्षण स्थगित गर्न भारतीय दूतावासबाट सरकारलाई पत्र आएको स्वीकार गरेका छन् । 

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकपछि बाँस्कोटाले दुई देशका सरकारबीच पत्र आउजाउ हुने कुरा स्वाभाविक भएकोले त्यसलाई अन्यथा लिन नहुने बताए । 

‘सीमा जोडिएका दुई मुलुकबीच आआफ्नो इन्ट्रेस्टका विषय हुन्छन् । दुई सरकारबीच पत्रहरु आउने/जाने चलिरहन्छ’ बाँस्कोटाले भने, त्यस्ता विषयमा हुने पत्रको आदानप्रदानलाई सरकारले स्वाभाविक रुपमा लिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस