aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

खोप लगाएको प्रमाण लिनलाई रातभरी लाइनमा

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • सोमबार, ३२ साउन २०७८
खोप लगाएको प्रमाण लिनलाई रातभरी लाइनमा

काठमाडौं । अलार्मले आइतबार बिहान २ बजे हामीलाई बिउँझायो। उठ्यौं र तयार भयौं। जानुपर्ने स्थान थियो, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल। जहाँ खोप लगाएको प्रमाणपत्र लिन युवाहरू अघिल्लो दिनदेखि नै सडकमा बसी आइतबार बिहान ६ बजेको प्रतीक्षा गरिरहेका थिए। जो विदेश जाने तयारीमा छन्, झरीमा रुझ्दै सडकमै रात गुजारिरहेका थिए।

उनीहरूको समस्या बुभ्mने हाम्रो हुटहुटी झरीले रोक्न सकेन। दुवै जना रेनकोट ओढेर मोटरसाइकल चढी त्यतै लाग्यौंं। त्यहाँ पुग्दा घडीको सुइले २स्१५ बजे देखाएको थियो। पानी परिरहेकै थियो। अस्पताल गेट अगाडिको सडकपेटी खचाखच थियो। कोही मोबाइलमा व्यस्त थिए, कोही निदाएका। कोही एकापसमा दुस्ख र पीडाका कुरा गरिरहेका थिए। सरकारले खोप प्रमाणीकरणलाई व्यवस्थित नगरेको भन्दै आक्रोश व्यक्त गरिरहेका थिए।

अस्पतालमा सबैभन्दा पहिले पुगेका थिए, धनबहादुर महर्जन। स्वयम्भूका महर्जन गेटको एक कुनामा बसेर आफ्नो पालो मिचिएला कि भनेर चनाखो देखिन्थे। उनी पहिलो नम्बरमा पर्न शनिबार बिहान १० बजे नै गेटमा गएर बसेका रहेछन्। त्यहीँ नै रात कटाए। 

‘कोरोनाले विदेश जान अर्को कागज थप्यो। खोप लगाएर मात्रै भएन, यसको पनि प्रमाणपत्र र क्यूआर कोर्डका लागि लाइन नलागे उपाय छैन’, उनले भने, ‘दैनिक २ सय जनाभन्दा बढीले यो सेवा पाउँदैनन्। २ सय जनाभित्र पर्न अघिल्लै दिन आउनुको विकल्प छैन।’ 

हामीले आपत्कालीन अवस्थामा १२ घण्टाभित्रै पनि क्यूआर कोर्ड लिने व्यवस्था गरेका छौं। अहिले पहिलेभन्दा भीडभाड धेरै कम हो। जनकपुर फुलगम्माका विवेककुमार राउतले भीड नियन्त्रण गर्न सबैका हातमा नम्बर लेखिदिए। इन्जिनियरिङ पढे पनि रोजगारी नपाएपछि विदेश जान लागेको उनले सुनाए। ‘जग्गा बेचेर पढेँ। रोजगारी पाइनँ’, उनले भने, ‘त्यसैले विदेश जाने प्रक्रिया पूरा गर्न यता आएँ।’

त्यही भीडमा भेटिए रामेछाप सुगाजोर–८ का २५ वर्षीय गोविन्द मगर। उनीसँगै २२ वर्षीय भाइकृष्ण मगर पनि थिए। उनीहरू झरीले निथ्रुक्कै भएका थिए। अनिँदोले बिरामीझैं देखिन्थे। होटल व्यवसाय कोरोना महामारीले धरासायी भएपछि साउदी जान लागेका रहेछन्। गोविन्दले चार दिन लगाएर खोपको प्रमाणपत्र हात पारे। भाइका लागि शनिबार साँझ ७ बजेदेखि पालो कुरिरहेका थिए। 

क्यूआर कोड नचाहिने देश तुरुन्तै जान हामीले अस्पतालबाट प्रमाणीकरण गरिरहेका छौं। भीड व्यवस्थापन गर्न हामी प्रयासरत छौं। पहिलो पटक मलेसिया गएको थिएँ। अब देशमै केही गर्नुपर्छ भनेर काठमाडौं जोरपाटीमा १ लाख ७० हजार खर्चेर होटल खोलेँ। तर, के गर्नु कोरोनाले होटल व्यवसाय चौपट बनायो’, गोविन्दले भने, ‘ज्यामी काम गर्न गयौं। ठेकेदार भाग्यो। पेट पाल्न विदेश जान बाध्य हुनुपरेको छ।’ 

झरीले गर्दा सडकमा पानी जमेको थियो। पोखराको बिरौडाका ३७ वर्षीय महेन्द्र पौडेलसँग भेट हुँदा बिहानको ३स्५६ बजे भएको थियो। उनी गाडी चालक रहेछन्। साउदी जाने तयारीमा छन्। ‘खोप खोज्दै हैरान भएँ। ६–७ दिनमा खोप लगाएँ’, उनले भने, ‘खोप लगाएको प्रमाण लिन शनिबार साढे ३ बजेदेखि अस्पतालको गेटमा बसिरहेको छु।’ 

चितवन रत्ननगरका ४४ वर्षीय विजय कँडेलसँग बिहान ४स्०३ बजे भेट भयोे। साउदी जान लागेका उनले शुक्रबार काठमाडौं आएर श्रम स्वीकृति गराए। भने, ‘देश छाड्न कसलाई मन छ रु मलाई बाध्यता आइलगेको छ।’

उनी यसअघि सात वर्ष विदेश बसेका थिए। त्यही बेला वैदेशिक रोजगारीमा नजाने निचोडमा पुगेका थिए। ‘तर, यहाँ केही रोजागरी नै पाइनँ। त्यसमाथि डेढ वर्षदेखि कोरोनाले रुवायो। परिवार पाल्न सकिनँ’, उनले भने, ‘सरकारले देशमै रोजीरोटी दिन सक्दैन भने विदेश जान सहज बनाइदियोस्।’ 

उज्यालोले अध्याँरोलाई निल्दै गयो। सडकमै सुतेकाहरू उठेर हातमुख धुन थाले। ढाका टोपी लगाएका ५३ वर्षीय देवीप्रसाद पंगेनी अनिँदोले थलिएका देखिन्थे। उनी १६ वर्षदेखि साउदीको एक स्कुलमा काम गर्दै आएका रहेछन्। बिदामा घर फर्किएका उनले भने, ‘म धेरै पटक विदेश गएँरआएँ। तर, यस्तो दुस्ख कहिले भएको थिएन। श्रम कार्यालय गयो खोप खोइ लगाको भनेर सोध्छ। खोप लगायो प्रमाणपत्र लिन सडकको बास बस्नुपर्ने। यस्तो कहीँ छैन।’ 

हामी बिहान साढे ५ बजे अस्पतालभित्र प्रवेश ग्‍यौं। अध्ययनका लागि विदेश जाने तयारीमा रहेका युवतीहरू भेटिए। युवतीहरूलाई सुरक्षागार्डले अस्पतालको प्रतीक्षालयमा बस्न दिएका थिए। युवक धेरै भएकाले गटेबाहिरै थिए।

स्वयम्भूका महर्जन आइतबार बिहान टोकन लिने पहिलो सेवाग्राही भए। ‘रहरले होइन, बाध्यताले केही वर्ष देश छोड्दै छु’, उनले भने। नवलपरासीको देवचुली—९ प्रगतिनगका ३४ वर्षीय लिलाधर भुसाल भन्दै थिए, ‘सबैको व्यस्था उस्तै हो। के भन्नु रु’ गाउँकै स्वास्थ्य चौकीमा खोप लगाएका उनी त्यसको प्रमाणपत्र लिन शनिबार दिउँसो साढे ४ बजे अस्पतालको गेटमा आएका रहेछन्। 
बिहान ६ बजेपछि हाम्रो नजर अस्पतालको गेटमा प्‍यो। त्यहाँ खोप लगाएको प्रमाणपत्र लिन बिहान ६–७ बजेभित्र टोकन लिन सकिन्छ भन्ने सूचना थियो। तर, आइतबार ६स्४७ बजे मात्रै टोकन बाँड्न थालिएको थियो। मोटरसाइकल चढेर आएका दुई प्रहरी ६स्२७ बजे अस्पतालभित्र प्रवेश गरेपछि मात्रै टोकन बाँड्न थालिएको हो। 

अरू दिन २ सय ५० वटा टोकन बाँडिन्थ्यो। आइतबार ३ सयवटा बाँडियो। बिहान ६स्५४ बजे नै तोकिएको टोकन सकियो। तर, त्यसपछि रातभर लाम लागेका र बिहान आएका सबैले ७स्१५ भित्र टोकन पाइसके। ७स्०२ मा पुगेका चितवनका  राजेन्द्र परियारको २८४ नम्बरमा पालो आयो। भने, ‘अरूले रातभरि बसेर टोकन लिए। म त भाग्यमानी मान्छे बिहान ६ बजे आएरै पाएँ।’ 

त्यसपछि कर्मचारीले भने, ‘प्रमाणपत्र लिन साढे ९ बजे आउनुहोला।’ सेवाग्राही सबै खाना खान लागे। छेउछाउका होटल भरिभराउ देखिन्थे। होटलवालालाई भ्याइनभ्याइ थियो। युवाहरू पीडा सुनाउँदै थिए, ‘विदेश जान सबै कागज जोडजाम गर्दै गर्दा ४५ हजार सक्यो। १ लाख २० हजारमा त प्लेन चडेर विदेशै पुगिन्छ। के सारो खर्च भाको ?’

प्रतिक्रिया दिनुहोस