
एजेन्सी । अफगानिस्तानमा तालिवानले कब्जा गरेपछि काबुल विमानस्थलमा ठूलो भीड लागेको छ। विमानस्थल अहिले अमेरिकी सेनाको नियन्त्रणमा छ। अन्तराष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार तीन जना मानिसहरु मारिएका छन् । धेरै मानिसहरु एयरपोर्टमा फायरिङमा घाइते भएका छन्। विदेशी समाचार एजेन्सीहरुलmे भिडियोमा एयरपोर्टमा शव देखिएको छन।
एकै साथमा, हजारौं मानिसहरु एयरपोर्ट पुगिसकेका छन् । जोसँग न भिसा छ न टिकट छ। काबुलमा मोबाइल रिचार्ज गराउनमा मानिसहरु समस्याको सामना गरिरहेका छन्। यस्तो स्थितिमा मानिसहरु इन्टरनेट बचत गरीरहेका छन् र आपतकालिनको लागी क्रेडिट कल गरिरहेका छन।
प्रतिक्रिया दिनुहोस