aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

विद्युत प्राधिकरणमा कुलमानको नियुक्तिविरुद्ध हितेन्द्रदेव  सर्वोच्चमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३२ साउन २०७८
विद्युत प्राधिकरणमा कुलमानको नियुक्तिविरुद्ध हितेन्द्रदेव  सर्वोच्चमा

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा ‘थमौती गरिपाउँ’ भन्दै हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् ।

प्राधिकरणमा कुलमान घिसिङको नियुक्ति ‘बदर गरिपाउँ’ भनेर शाक्यले दायर गरेको रिट  निवेदन दर्ता गरेको सर्वाेच्च स्रोतले बताएको छ ।  रिटमा शाक्यले पदाधिकारीबाट आफूलाई हटाएको आधिकारिक पत्र नपाएको र सरकारले आफूलाई हटाएर कुलमानलाई ल्याउँदा ‘संविधान सम्मत मेरो अधिकार हनन भएको’ दावी गरेको गरेको छ ।

शाक्यले विद्युत प्राधिकरणमा आफैंलाई कायम गर्न अन्तरिम आदेशको माग गरेका छन् । यसअघि शाक्यकै सहमतिमा सरकारले कुलमानलाई प्राधिकरणमा नियुक्त गरेको दावी गरिएको थियो । शाक्यलाई सचिव सहरको सेवा सुविधा दिइ ऊर्जा आयोगमा ४ वर्षका लागि नियुक्ति गरिएपनि उनी एकाएक सर्वोच्च गएका हुन् ।

प्रतिक्रिया दिनुहोस