भारतले गण्डक नहरमा ४५० क्युसेक मत्र पानी छाडेको छ। नेपाल र भारतबिचको गण्डक सम्झौता अनुसार ८ सय ५० क्युसेक पानी दिनुपर्नेमा त्यसको झन्डै आधा कम दिएको हो ।
बहुअरीस्थित नारायणी सिंचाई व्यवस्थापन डिभिजन कार्यालयका इन्जिनियर सुरेश शाहका अनुसार मंगलबारसम्म नहरमा ४५० क्युसेक मात्र पानी आएको छ।
डिभिजन कार्यालयले भारतले कम पानी दिएको बिषयमा सोमबार सिंचाई विभागलाई पत्राचार गरेको छ। नहरमा पानी कम आए बाराको पूर्वी भेगसम्म पनि पानी पुर्याउन गार्हो हुने साहले बताएको समाचार आजको कान्तिपुरमा प्रकाशित छ।
प्रतिक्रिया दिनुहोस