aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

नेपालको गाउँपालिकामा भारु मात्र चल्नु ‘वैदेशिक हस्तक्षेप’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ असार २०७६
नेपालको गाउँपालिकामा भारु मात्र चल्नु ‘वैदेशिक हस्तक्षेप’

काठमाडौं । भाषा हिन्दी, नोट भारतीय। सामान किन्न र उपचार गर्न भारत। सदरमुकाम नेपालगन्ज जाँदा भारतीय भन्थे। भारत जाँदा नेपाली भन्थे। बाँके नरैनापुरका बासिन्दाले सदीयौंदेखि भोग्दै आएको समस्यो हो।

खजुरा गाउँपालिकाको रनियापुर गाउँबाट लक्ष्मणपुरमा आयसा जनरल स्टोर खोलेका अन्सार अहमद खाँ त भारु धेरै प्रचलनमा हुनुलाई ‘वैदेशिक हस्तक्षेप’ ठान्छन्। ‘८५ प्रतिशत त भारु चल्छ। नेपाली पैसाको मूल्य छैन’, उनले भने।

‘बघौडा क्षेत्र’ भनेर चिनिने यहाँ यातायात र सञ्चारमा पनि पछाडि थियो। अहिले नेपाल टेलिकम र एनसेलको सेवा छ। हुलाकी राजमार्गले सदरमुकाम जोडेको छ।

वर्षायाममा राप्तीपारिका साबिक नौ गाविस जिल्ला सदरमुकामबाट सम्बन्ध विच्छेद हुन्थे। राप्ती नदीको कम्दी घाट र सिक्टा सिँचाइ आयोजनाले अगैयामा पुल बनेपछि मात्र राप्ती सोनारी गाउँपालिकाका तीन वडा ९साविक बैजापुर, बिनौना र फत्तेपुर गाविस० र हालको सिंगो नरैनापुर गाउँपालिकाका ६ वडा (साविक ६ गाविसरु कटकुइँया, लक्ष्मणपुर, कालाफाँटा, नरैनापुर, मटेहिया र गंगापुर) को सदरमुकामसँग सम्पर्क स्थापित भएको हो। नरैनापुरको त सबै कारोबार नै भारतमै निर्भर हुनुपर्ने बाध्यता थियो।

नरैनापुर गाउँपालिका ४ को वडा कार्यालयको ढोकैमा मोहम्मद असफाकको काठको घुम्ती पसलमा फोटोकपी पसल छ। सौर्य ऊर्जाबाट चल्ने प्रिन्टरबाट गरिने एक प्रति फोटोकपीको दररेट छ, ‘पाँच रुपैयाँ।’ भन्छन्, ‘रेट पाँच आईसी हो। नेपाली आठ रुपैयाँ दिए पनि चल्छ।’वडा कार्यालयका सेवाग्राही उनका ग्राहक हुन्। उनीहरू अधिकांश भारुमै कारोबार गर्छन्। छेवैको चिया पसल, बिरयानी सेन्टर होस् वा पान पसल, कारोबार भारुमै हुन्छ।

नरैनापुरमा नेपाली नोट चल्न थालेको धेरै भएको छैन। स्थानीय तहमा जनप्रतिनिधि आएपछि अलि बढी प्रयोगमा आयो। ०७४ सालमा गाउँमै बैंक खुलेपछि धेरैलाई हाम्रो नोट नेपाली भन्ने थाहा भयो। वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्सले पनि धेरैलाई पहिलोपटक नेपाली रुपैयाँ बोक्ने बानी बसाएको छ। गाउँमा नेपाली नोट कारोबार हुन थालेपछि बल्ल उनीहरूलाई आफू नेपाली भएको महसुस भएको छ। अन्नपूर्ण पोष् दैनिकबाट 

प्रतिक्रिया दिनुहोस