
काठमाडौँ । बिस वर्षपछि युद्ध हारेर अमेरिका अफगानिस्तानबाट फर्किएको छ। यसरी निकै लामो युद्धमा पराजित भएर अमेरिकाले अफगानिस्तान छाड्नु पर्दा यतिका वर्ष उनले त्यहाँ गरेको लगानी बालुवामा पानी हाले सरह भएको छ। यसबिच अमेरिका र उसका मतियार मुलुकहरूले त्यहाँ कति पैसा खर्च गरे भन्ने सबैको चासोको विषय बनेको छ।
बीबीसीले अमेरिकी सरकारको हवाला दिँदै आफ्नो रिपोर्टमा उल्लेख गरे अनुसार सन् २०१० र २०१२ को बिचमा एक लाख भन्दा धेरै अमेरिकी सैनिकहरू त्यहाँ तैनाथ थिए। त्यस समयमा युद्धको लागत वार्षिक १०० बिलियन डलर सम्म पुगेको थियो।
त्यसपछि अमेरिकी सेना आक्रामक अपरेसनमा सामेल हुन् छाडे र अफगान सुरक्षा बलको प्रशिक्षणको लागी मात्र सक्रिय बने जसले गर्दा वार्षिक खर्चमा भारी गिरावट आयो। पेन्टागनका एक वरिष्ठ अधिकारीले अमेरिकी कङ्ग्रेसलाई भने अनुसार सन् २०१८ मा अफगानिस्तानमा अमेरिकी वार्षिक खर्च ४५ अर्ब डलर थियो।
अमेरिकी रक्षा मन्त्रालयका अनुसार अफगानिस्तानमा सेनाको कुल खर्च (अक्टोबर २००१ र सेप्टेम्बर २०१९ को बिच) ७७८ अर्ब डलर पुगेको छ। यसबाहेक, अमेरिकी विदेश विभाग, यूएस इन्टरनेशनल डेभलपमेन्ट (यूएसएआईडी) र अन्य सरकारी एजेन्सीहरूको सहयोगमा अफगानिस्तानको पुनर्निर्माणमा ४४ अर्ब डलर खर्च गर्यो।
यसरी आधिकारिक आँकडाको आधारमा हेर्दा सन् २००१ देखि २०१९ सम्म अफगानिस्तान युद्धमा कुल अमेरिकी खर्च ८ खर्व २२ अर्ब डलर भएको छ। यी खर्चहरूमा पाकिस्तानमा गरिएको कुनै खर्च सामेल छैन। जबकि अमेरिकाले अफगानिस्तानमा युद्ध सञ्चालनको लागी एक मुख्य आधारको रूपमा यो पाकिस्तानको उपयोग गरी रहेको थियो।
ब्राउन युनिभर्सिटीद्वारा गरिएको एक अध्ययन पछि यो पत्ता लाग्यो कि अमेरिकाले अफगानिस्तान र पाकिस्तान दुबैमा सम्पूर्ण अभियान को दौरान लगभग ९ खर्व ७८ अर्ब डलर खर्च गर्यो। यो अनुमानमा आर्थिक वर्ष २०२० को खर्च पनि सामेल छ।
अध्ययनमा यो पनि उल्लेख छ कि पूर्ण लागत अनुमान गर्न गाह्रो छ किनकि सरकारी विभागहरूको लेखा परीक्षा विधि फरक छ। र, उनीहरू समय सँगै परिवर्तन भइरहन्छन्। यसले कुल लागत अनुमान परिवर्तन गर्दछ। अमेरिकापछि बेलायत र जर्मनीको सेना अफगानिस्तानमा सबैभन्दा धेरै थिए।
अनुमानका अनुसार यी देशहरूले यस युद्धको क्रममा क्रमशः ३० र १९ अर्ब डलर खर्च गरेका थिए। एकै समयमा लगभग सबै सेनाहरूको फिर्ताको बाबजुद अमेरिका र नाटोले प्रतिज्ञा गरेका छन् कि उनीहरू अफगानिस्तानमा आफ्नो सेनाको लागी सन् २०२४ सम्म कुल ४ अर्ब डलर बर्सेनि खर्च गर्ने छन्। नाटोले यस वर्ष अफगानिस्तानलाई ७ अर्ब २ करोड डलर बराबरको सहायता र उपकरण पठाएको छ।
अफगानिस्तानमा पठाइएको पैसाको ठुलो हिस्सा विद्रोह विरोधी अभियान र सैन्य आवश्यकताहरू जस्तै खाना, कपडा, चिकित्सा सुविधा, भत्ता र अन्य सुविधाहरूमा खर्च भएको थियो। आधिकारिक आँकडा अनुसार,अमेरिकाले २००२ पछि अफगानिस्तानको पुनर्निर्माणमा लगभग १ खर्व ४३ अर्ब २ करोड डलर खर्च गर्यो।
यो रकमको आधा भन्दा बढी अर्थात् ८८ अर्ब ३२ करोड डलर अफगानिस्तानको नेशनल आर्मी र अफगानिस्तानको सुरक्षा बलको तयारीमा खर्च भएको थियो। यो समयमा अफगानिस्तानमा शासन र विकासको लागी ३६ अर्ब डलर खर्च गरिएको थियो।
यस बाहेक, केही रकम लागूपदार्थ विरोधी अभियान र मानवीय सहायता को लागी पनि राखिएको थियो। त्यस समयमा यो पैसाको केही हिस्सा ठगी र दुरुपयोगमा बर्बाद भयो। अक्टोबर २०२० मा अमेरिकी काँग्रेस समक्ष प्रस्तुत एक रिपोर्टमा अफगानिस्तानमा पुनर्निर्माणको प्रयासहरूको निरीक्षण गर्ने एक सङ्गठनले अनुमान गरेको छ कि सन् २००९ को मे महिना देखि सन् २०१९ को डिसेम्बर ३१ को बिच लगभग १९ अर्ब डलर कहाँ गयो भन्ने हिसाब नै छैन ।
प्रतिक्रिया दिनुहोस