aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

उपत्यका कोरोना सङ्क्रमितको संख्या उच्च वृद्धि

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • बुधबार, ०२ भदौ २०७८
उपत्यका कोरोना सङ्क्रमितको संख्या उच्च वृद्धि

काठमाडौं । काठमाडौं उपत्यका कोरोना सङ्क्रमितको उच्च जोखिममा रहेको छ ।  पाँच÷छ सयको हाराहारीमा सङ्क्रमित हुने गरेकोमा मङ्गलबार उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेर एक हजार  नाघेको  छ  ।   स्वास्थ्य  तथा  जनसङ्ख्या  मन्त्रालयका अनुसार काठमाडौँमा मङ्गलबार ६७३ जना सङ्क्रमित थपिएका छन् ।

यस्तै  भक्तपुरमा  १४१  सङ्क्रमित  थपिँदा  ललितपुमा  २१९ जना सङ्क्रमित एकैदिन थपिएका  हुन्  ।  मङ्गलबार  काठमाडौँ  उपत्यकामा  मात्र  एक  हजार  ३३  जना  कोरोना  सङ्क्रमित  थपिएका  हुन् । ११ हजार ५६५ जनाको पीसीआर तथा छ हजार १२४ जनाको एन्टिजेन विधिबाट गरी कुल १७ हजार ६८९ जनाको कोरोनाको नमुना परीक्षण भएको छ । 

प्रतिक्रिया दिनुहोस