प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राष्ट्रिय परिचय पत्र लिएका छन्। प्रधानमन्त्री ओलीलाई राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दिपक काफ्लेले मंगलबार बिहान प्रधानमन्त्री निवासमै एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय परिचय पत्र दिएका हुन्।
त्यस अवसरमा प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि राष्ट्रिय परिचय पत्र दिइएको छ। त्यसैगरी विभागले भोली (बुधबार) राष्ट्रपति विद्या भण्डारीलाई राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्यक्रम रहेको पनि जनाएको छ। विभागका महानिर्देशक काफ्लेले १ लाख १७ हजार नागरिकलाई राष्ट्रिय परिचय पत्र वितरण गर्ने पहिलो चरणको कार्यक्रम अन्तरगत प्रधानमन्त्री ओलीलाई सो परिचय पत्र वितरण गरिएको र बुधबार राष्ट्रपतिलाई वितरण गर्ने कार्यक्रम तय गरिएको जानकारी दिए। उनले आगामी दुई वर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचय पत्र वितरण गरिसक्ने प्रतिवद्धता पनि व्यक्त गरे।यो समाचार आजको नागरिक दैनिकमा छ ।
त्यसैगरी, कान्तिपुर दैनिकले प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार 'बायोमेट्रिक' सूचना सहितको राष्ट्रिय परिचयपत्र लिएपछी प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यको तस्बिर सहित लेखेको छ- परिचयपत्र हात पर्ने बित्तिकै प्रधानमन्त्रीपत्नी शाक्यले आफ्नो जन्ममितिमा गल्ति भएको बताइन् ।
प्रतिक्रिया दिनुहोस