aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

राष्ट्रपतिद्वारा २० प्रतिशतमै दल फुटाउन सकिने अध्यादेश जारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०२ भदौ २०७८
राष्ट्रपतिद्वारा २० प्रतिशतमै दल फुटाउन सकिने अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छन्। बुधबार राष्ट्रपति भण्डारीले २० प्रतिशतमै दल फुटाउन सकिने गरि अध्यादेश जारी गरेकी हुन्।  

राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ राष्ट्रपतिले जारी गरेको उल्लेख छ । जारी भएको नयाँ अध्यादेश अनुसार अब कुनै राजनीतिक दल विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सङ्ख्या पुर्‍याएर दल विभाजन गर्न सकिन्छ।    

मंगलबार बसेको मन्त्रिपरिषद् बैठक कुनै पनि राजनीतिक दलका सदस्यले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत बहुमत पुर्‍याएर नयाँ दल खोल्न पाउने व्यवस्था गरी अध्यादेश ल्याएको थियो।  

प्रतिक्रिया दिनुहोस