अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपले भारतलाई फेरी चेतावनी दिएका छन् । मोदी सरकारको नीतिबाट रुष्ट ट्रंपले टुवीट मार्फत भारतलाई धम्कि दिएका हुन्।
मंगलबार उनले भारतमा लगाइएको अमेरिकी सामान माथिको कर अब स्वीकार्य नहुने बताएका हुन् । तर, यदि भारतले अमेरिकी सामानमा लगाउंदै आएको कर नहटाए के गर्ने भन्ने खुलासा गरेका छैनन् । तर के आशंका गरिन्छ भने ट्रंपले भारत बिरुद्ध कुनै कदम उठाउने तयारी पश्चात नै यस्तो ट्वीट गरेका हुन् ।
ट्रंपले ट्वीटमा लेखेका छन् - 'भारत लामो समय देखि अमेरिकी उत्पादन माथि कर लगाई रहेको छ । अब यो स्वीकार गर्न सकिंदैन ।'
जुन महिनाको शुरुमा जी-२० को बैठकको पूर्वसन्ध्यामा पनि उनले ट्वीट गर्दै भारतलाई २८ अमेरिकी उत्पादनको कर फिर्तालिन आग्रह गरेका थिए।
प्रतिक्रिया दिनुहोस