
एजेन्सी। बलिउड अभिनेत्री दीपिका पादुकोण फेरी एक पटक चर्चामा छाएकी छिन्। तर, यो पटकको चर्चाले भने उनले आफ्ना धेरै फ्यान गुमाउने देखिएको छ। त्यसको कारण यो हो कि उनले अभिनेत्री जिया खानको अन्तिम संस्कारको दिनमा लगाएको कपडा लिलाम गर्ने घोषणाको चर्को आलोचना भइरहेको छ।
दीपिकाले आफ्नो च्यारिटी फाउन्डेसन ‘द लिभ लभ लाफ फाउन्डेसन’ को सहायता गर्ने उद्देश्यले केही कपडा लिलाम गर्ने जनाएकी हुन् । दीपिकाले फरक–फरक समयमा लगाएको कपडा लिलाम गर्ने भएपछि उनी विवादमा तानिएकी छिन् ।
अहिले उनले गरेको निर्णयप्रति सामाजिक सञ्जालमा गालीको वर्षा छ। आलोचकहरूले दीपिकाले लिलामीमा राखेका २ वटा कुर्ता लगाएको पल कसैले पनि सम्झन चाहेको छैन भन्दै उनको स्तर माथि नै प्रश्न उठाएका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले दीपिकाले जिया खानको अन्तिम संस्कारमा लगाएको कुर्ता लिलामी गर्नु तल्लो स्तरको निर्णय भएको बताएका छन् ।
सोसल मिडियामा एक प्रयोगकर्ताले दाबी गरे कि लिलामीको लागी राखिएको कुर्ता दीपिकाले लगाइन् जब उनी अभिनेत्री जिया खानको अन्तिम संस्कारमा सहभागी थिइन्। उनले सन् २०१३ मा प्रियङ्का चोपडाका बुवा अशोक चोपडाको मृत्युपछि प्रार्थना सभामा पुग्दा पनि कुर्ता लगाएकी थिइन्।
एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्, म धेरै आश्चर्यचकित छु। मेरो मन पर्ने दीपिका पादुकोणले २०१३ मा दुई वटा अन्त्येष्टि कार्यक्रममा लगाएको उनको कपडाहरूलाई लिलामी गर्ने निर्णय गरेकी छिन्। यसले उनको स्तर देखाएको छ।
दीपिका पादुकोणले धेरै पटक डिप्रेसनसँग सङ्घर्ष गरिरहेकी छिन्। यसबाट निको भएपछि सन् २०१५ मा उनले लाइभ लव लाफ फाउन्डेसन स्थापना गरिन् । फाउन्डेसनको उद्देश्य डिप्रेसन पीडितहरूलाई मद्दत गर्नु हो।
एक समय दीपिका आफै डिप्रेसनबाट पीडित थिइन् र धेरै प्रयासपछि आफैँलाई यसबाट बाहिर निकालिन। त्यसैले अब उनी त्यस्ता मानिसहरूलाई मद्दत गर्न चाहन्छिन्। तर, उनी माथिको टिप्पणीका कारण फेरी उनी आफैँ डिप्रेसनमा जाने चिन्ता बढेको छ।
प्रतिक्रिया दिनुहोस