aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

शिल्पा शेट्टीले गरिन् 'बोल्ड डिसिजन', हिना खानले बढाइन् हौसला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०३ भदौ २०७८
शिल्पा शेट्टीले गरिन् 'बोल्ड डिसिजन', हिना खानले बढाइन् हौसला

एजेन्सी। राज कुन्द्राको गिरफ्तारीको लगभग एक महिना पछि शिल्पा शेट्टी फेरी काममा फर्किइन्। उनी १७ अगस्टमा डान्स रियालिटी सो 'सुपर डान्सर च्याप्टर ४' को सुटिमा पुगिन्। शिल्पा भ्यानिटी भ्यानबाट शूटिंगको लागी बाहिर हिँडेको एक भिडियोमा देखिएको छ जसमा उनी साडी लगाएर चुपचाप सेट तिर हिँडिरहेकी छिन्।

यस क्रममा शिल्पाले एक पटक क्यामेरामा हेरेर हात हल्लाइन्। धेरैले अब शिल्पा निराशाको सिकार हुने र त्यति कै पलायन हुने अनुमान समेत गरेका थिए। तर उनले काममा फर्किने साहसी निर्णय गरेसँगै हौसला दिनेहरू पनि देखिएका छन्। 

टिभी अभिनेत्री हिना खानले शिल्पा शेट्टीलाई कठिन समयमा पनि आफ्नो कामको प्रतिबद्धताबाट पछि नहट्ने भन्दै प्रशंसा गरेकी छिन्। शिल्पाको तस्बिर आफ्नो सामाजिक सञ्जाल पोस्टमा सेयर गर्दै उनले लेखेकी छिन्, ‘तिमी अघि बढ्यौ केटी गयौ, अँगालो हाल्छु ... (यु गो गर्ल्स, हग)।' 

राज गिरफ्तार भएपछि शिल्पाले आफ्नो कामबाट आफूलाई टाढा राखिन् र रियालिटी टिभी सो 'सुपर डान्सर चैप्टर ४' को सुटिमा पनि भाग लिएकी थिइनन्।  जसमा उनी एक जजको भूमिकामा छिन्। शिल्पाले विगत तीन हप्तादेखि कुनै सुटिङ  गरेकी थिइनन् र उनको प्रतिस्थापनको खबर पनि चर्चामा थियो। अन्ततः शिल्पा सो मा फर्किइन्।

शिल्पा विगत तीन हप्तादेखि 'सुपर डान्सर चैप्टर ४' को सुटिमा थिइनन् र उनको अनुपस्थितिमा केही सेलिब्रिटी गेस्ट सोहरू त्यस बेला भए। जसमा करिश्मा कपूर, जेनेलिया र रितेश देशमुख थिए। सो मा अनुराग बासु र गीता कपूर अन्य जजको भूमिकामा छन्।

शिल्पाका पति राज कुन्द्रालाई पोर्न फिल्मको कारोबार गरेको आरोपमा १९ जुलाईमा न्यायिक हिरासतमा राखिएको थियो। राजलाई आरोप छ कि उनले केवल पोर्न बिजनेसमा पैसा लगानी मात्र गरेनन् कि धेरै मुनाफा समेत कमाए। यस मामलामा राजलाई हालसम्म जमानत हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस