aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

फेरियो माधव नेपालको पार्टीको नाम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०४ भदौ २०७८
फेरियो माधव नेपालको पार्टीको नाम

काठमडौं । निर्वाचन आयोगले उस्ता उस्तै नाम राख्नु नमिल्ने भनेपछि माधव कुमाार नेतृत्वको नयाँ पार्टीको नाम फेरिएको छ । नेपाल समूहका नेताहरूले यसअघि राखिएको नेकपा एमाले (समाजवादी) नाम बदलेर नाम नेकपा एकीकृत समाजवादी राखेका हुन् । 

नेपाल समूहका नेताहरूले नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि आयोगमा निवदेन हुन् । केही दिनअघि जारी भएको राजनीतिक दलसम्बन्धी अध्यादेश र सोही अध्यादेश बमोजिम बनेको नियमावली अनुसार दल विभाजन गरी नयाँ दल दर्ताको निवेदन दिएका हुन्। 

बुधबार जारी भएको अध्यादेशमा महाधिवेशनबाट चुनिएका केन्द्रीय सदस्यको २० प्रतिशतले पार्टी विभाजन गर्न पाउने व्यवस्था गरेको छ। 

प्रतिक्रिया दिनुहोस