aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

प्राधिकरणको महसुल उठाउन बाकी मात्र ३२ अर्ब १८ करोड रुपैयाँ

  • आजको कारोबार दैनिकबाट
    आजको कारोबार दैनिकबाट
  • सोमबार, ०७ भदौ २०७८
प्राधिकरणको महसुल उठाउन बाकी मात्र ३२ अर्ब १८ करोड रुपैयाँ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको महसुल बक्यौता मात्र ३२ अर्ब १८ करोड ५१ लाख रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७६(०७७ सम्ममा मात्र यति धेरै वक्यौता बाँकी रहेको शुक्रबार सार्वजनिक महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७८ ले देखाएको छ ।

यो अघिल्लो वर्षको तुलनामा ७२।५३ प्रतिशत बढी हो । ट्रक तथा डेडिकेटेड लाइनतर्फको ४९ ग्राहकबाट मात्र १५ अर्ब ५३ करोड ५८ लाख अर्थात यो कुल वक्यौताको ४८.२७ प्रतिशत हो । यसबाहेक सडक ३ अर्ब ५३ करोड ५९ लाख बाँकी छ ।

प्राधिकरणले विलिङ गरेपछि आम्दानीको रुपमा देखाउने भएकाले ठूलो रकम बक्यौता भएपनि नाफा भने धेरै सार्वजनिक गर्दै आएको छ । महालेखाका अनुसार प्राधिकरणले आर्थिक वर्ष २०७६(०७७ मा ११ अर्ब ६८ करोड रुपैयाँ खुद आम्दानी (नाफा) गरेको छ ।

जुन आव २०७५(०७६ मा ९ अर्ब ८७ करोड रुपैयाँ नाफा कमाएको थियो । प्राधिकरणले असुल गर्नुपर्ने ट्रंक र डेडिकेटेडको महसुलका लागि आव २०७५(०७६ मा ६ अर्ब ३४ करोड रुपैयाँको बिजक अर्थात् बिल जारी नगरेकोमा सो रकममध्ये आव २०७६(०७७ मा २ अर्ब १५ करोडको बिल जारी गरेको छैन ।

आम्दानी, खर्च र नाफाको आधारमा विद्युत् चुहावट लेखांकन गरिने नियमअनुसार महालेखा र प्राधिकरणको वित्तीय विवरण फरक परेकाले चुहावटको अंक पनि मिलेको छैन । महालेखाका अनुसार आव २०७५(०७६ मा १६।६२ प्रतिशत रहेको चुहावट आव २०७६(०७७ मा १५.९९ प्रतिशतमा कायम भएको छ । 

प्रतिक्रिया दिनुहोस