aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

बेजोसको 'ब्लू ओरिजिन' छाडेर मक्सको 'स्पेसएक्स'मा जागिर खानेको लर्को

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०७ भदौ २०७८
बेजोसको 'ब्लू ओरिजिन' छाडेर मक्सको 'स्पेसएक्स'मा जागिर खानेको लर्को

एजेन्सी। जेफ बेजोसको अन्तरिक्ष अन्वेषण कम्पनी ब्लू ओरिजिनले आफ्नो अन्तरिक्षमा सार्वजनिक यात्रा गरेको केही समयपछि कम्पनीबाट कम्तीमा १७  जना शीर्ष कर्मचारीहरूले कम्पनी छोडेका छन्। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार एक उच्च तहका कर्मचारी, एक प्रमुख इन्जिनियर सहितले जागिर छोडेका हुन्। 

उनीहरूले एलन मक्सको प्रतिस्पर्धी कम्पनी स्पेसएक्समा जागिर खानको लागी उनीहरूले बेजोसको कम्पनीमा जागिर छोडेको उनीहरूले ब्लू ओरिजिनको आन्तरिक स्रोतलाई उद्धृत गर्दै समाचार लेखेका छन्। 

सिएनबिसीले जनाए अनुसार धेरै अन्य ईन्जिनियरहरु र प्रमुख प्रशासकहरू पनि ब्लू ओरिजिन छोड्ने तरखरमा छन् । रिपोर्टमा भनिएको छ यसरी सो कम्पनी छाड्ने केही व्यक्तिहरू नासाको चन्द्रमासँग सम्बन्धित रकेट परियोजना ब्लू ओरिजिनमा ल्याउने प्रयास गर्ने टोलीका सदस्य समेत थिए। त्यो प्रोजेक्ट अन्ततः स्पेसएक्समा गएपछि उनीहरूमा निराशा छाएको छ ।

फक्स न्युजले थप एक दर्जन कर्मचारीहरूले पनि सो कम्पनी छोड्न लागेको पुष्टि गरेको छ । एक ब्लू ओरिजिनका प्रवक्तालाई उद्धृत गर्दै सीएनबीसीले लेखेको छ : “ब्लू ओरिजिन २०२० मा ५८० जना र हामी २०२१ मा अहिलेसम्म ६५० जना कर्मचारी बढेको छ । वास्तवमा, हामी विगत तीन वर्षमा लगभग चार वटा  कारकले अघि बढिरहेका छौँ। हामीले निर्माण, गुणस्तर, इन्जिन डिजाइन, र वाहन डिजाइनमा प्रमुख नेतृत्वदायी भूमिकाहरूमा मानिस भर्ति गर्ने काम जारी राखेका छौँ। यो एउटा टोली हो जुन हामी निर्माण गर्दैछौं र हामीसँग महान् प्रतिभा छ। ”

नासाले अप्रिलमा स्पेसएक्सले चन्द्रमा ल्यान्डरको लागि २.९ अर्ब डलरको सम्झौता पाउने घोषणा गरेपछि कर्मचारीमा यस्तो विचलन देखिएको हो। त्यो सम्झौता पहिले ब्लू ओरिजिनसंग थियो। गत अप्रिलमा सम्झौता फिर्ता नलिन ब्लू ओरिजिनले नासा समक्ष अपिल पनि गरेको थियो तर सरकारको उत्तरदायित्व बोकेको सो कार्यालयले जुलाईमा उक्त अपिल अस्वीकार गरेको थियो।

ब्लू ओरिजिनमा अझै पनि ४ हजार कर्मचारीहरू छन्।  यसको वाशिंगटनको केन्टमा मुख्यालय रहेको छ।

प्रतिक्रिया दिनुहोस