aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

३१ अगष्टभित्र सबै अमेरिकीलाई अफगानस्तान छोड्न तालिवानको चेतावनी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०७ भदौ २०७८
३१ अगष्टभित्र सबै अमेरिकीलाई अफगानस्तान छोड्न तालिवानको चेतावनी

एजेन्सी । तालिबानले अमेरिकालाई धम्की दिएको छ । अफगानिस्तानबाट अमेरिकीहरुलाई देश छाड्ने म्याद ३१ अगस्टसम्म दिएका छन् ।  यदि अगस्त ३१ पछि पनि अमेरिकी सेना अफगानिस्तानमा नै भेटिएमा कडा कारबाही गर्ने धम्की दिएको छ ।  

तालिबानका प्रवक्ता सुहेल शाहीनले अगस्त ३१ सम्म अमेरिकीलाई रातो रेखा भएको बताएका छन् । अमेरिकी राष्ट्रपति जो बिडेनले आफ्नो सेना यस मितिमा अफगानिस्तानबाट बाहिरिने बताएका छन् ।  अमेरिकी सेना फेरि अफगानिस्तान मा आफ्नो पकड बढाउँदैछ भने यसको  परिणाम अमेरिकनले नै भोग्नु पर्ने तालिवानले धम्की दिएको छ । 

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले मंगलबार आपतकालीन जी ७ को बैठक गर्ने सम्भावना समेत बढेको विदेशी सञ्चार माध्यमहरुले जनाएका छन । यो यसमा उनीले अमेरिकी राष्ट्रपति जो बिडेनलाई अगस्त ३१ पछि अफगानिस्तानमा उनका सेना रोक्न आग्रह गर्नेछन् र  काबुल एयरपोर्टबाट मानिसहरुलाई बाहिर निकाल्ने समय दिने छन । अफगानिस्तान छोड्नको लागी हजारौं अफगान र विदेशी नागरिकहरु काबुल एयरपोर्टमा उडान पर्खिरहेका छन् ।
 

प्रतिक्रिया दिनुहोस