aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

बलिउडका ‘बिगबोस’ करण जोहरले शुरु गर्दैछन् नयाँ व्यापार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०७ भदौ २०७८
बलिउडका ‘बिगबोस’ करण जोहरले शुरु गर्दैछन् नयाँ व्यापार

एजेन्सी । बलिउड डाइरेक्टर/प्रोडुसर तथा चर्चित होस्ट करण जोहर नयाँ व्यापारका साथ देखा पर्ने भएका छन् । बलिउडमा सफल सिनेमा मात्र बनाएर चर्चित रहने धेरै निर्देशकहरू भन्दा ठिक उल्टो पटक पटक फ्लप फिल्म बनाए पनि उनी सधैँ सिनेमा उद्योगको केन्द्रमा रहिरहे । 

यस्तो खास पहिचान सहित बलिउडमा अलग्गै दबदबा कायम गरेका जोहरले अब ज्वलरीको व्यापार गर्ने भएका छन् । भारतीय सञ्चार माध्यमहरूका अनुसार करण जोहरले अगस्ट २४ तारिकका दिन नयाँ व्यापारको घोषणा गर्ने भएका हुन् । 

आइतबार करणले इन्स्टाग्राममा एउटा पोस्ट हाले । जसमा उनी नेकलेसको एउटा सेटलाई नियाली रहेका छन् । त्यही तस्बिरको क्याप्सनमा नयाँ व्यापारको सङ्केत दिँदै लेखेका छन्– २४.०८, थप जानकारीका लागि मसँग साथै रहनू होला । 

यसले के सङ्केत गरेको छ भने उनी त्यो दिन नयाँ व्यापारको घोषणा गर्दैछन् । सोमबार पनि उनले यस्तै अर्को पोस्ट गरेका छन् । जसमा एउटा मेनिकुइनमा राखिएको नेकलेसलाई नै हेरिरहेका छन् । जसको क्याप्सन छ, हरेक त्यो वस्तु जो चम्कन्छ । अब चाँडै आउने वाला छ । 

समाचार स्रोतहरूलाई उद्धृत गर्दै समाचारमा लेखिएको छ– करण आफ्नो फेसनको दुनियाँमा आफ्नै छुट्टै स्टाइलका कारण स्थापित छन् । उनी हरेक वस्तुलाई उत्कृष्ट तरिकाले प्रस्तुत गर्न सक्छन् । त्यसै कारणले हुनसक्छ उनले गहनाको व्यापारमा आफ्नो छुट्टै ब्रान्ड बनाउन खोजिरहेका छन् ।  

त्यसो त करण जोहर बिग बोसको होस्टका रूपमा आइरहेका छन् । त्यो सोमा फैसलाका कारण धेरै पटक ट्रोलमा पनि परिसकेका छन् । यसबाहेक करणको नयाँ फिल्म ‘रक्कि और रानीकी प्रम कहानी’को पनि सुटिङ भइसकेको छ । सो फिल्ममा रणवीर सिंह, आलिया भट्ट, जया बच्चन, धर्मेन्द र सवाना आजमिले अभिनय गरेका छन् । 

 

प्रतिक्रिया दिनुहोस