aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

बिटक्वाइनको मूल्यमा निरन्तर वृद्धि, नयाँ रेकर्ड कायम गर्ने प्रक्षेपण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०७ भदौ २०७८
बिटक्वाइनको मूल्यमा निरन्तर वृद्धि, नयाँ रेकर्ड कायम गर्ने प्रक्षेपण

एजेन्सी । लगानीकर्ताहरूलाई अत्त्याउने गरी तल झरेको बिटक्वाइनको मूल्य फेरि आकासिएको छ । यसअघि नै ६० हजार डलर भन्दा माथिमा कारोबार भइसकेको बिटक्वाइनको भाउ ३० हजारमा झर्दा यसका कारोबारीहरूमा निराशा छाएको थियो । 

तर, अन्तर्राष्ट्रिय बजारमा फेरी बिटक्वाइनको मूल्य बढेर एक बिटक्वाइनको मूल्य हाल ५० हजार अमेरिकी डलर भन्दा माथि पुगेको हो । एक महिना अगाडिसम्म  बिटक्वाइनको मूल्य ३३ हजार डलर थियो । 

धेरै मानिसहरूले अहिले बिटक्वाइनमा आएको बुलले चाडै एक लाख डलरको लक्ष्य भेट्ने चर्चा शुरु गरेका छन् । यसअघि विद्युतीय कार उत्पादक कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कको एउटा ट्विटले बिटक्वाइनको मूल्य ह्वात्तै घटाएको थियो । 

 

प्रतिक्रिया दिनुहोस