aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

इण्डियन स्कुल अफ हस्पिटालिटीसँग रणनीतिक साझेदारी गर्दै सोम्मेट एजुकेसन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०८ भदौ २०७८
इण्डियन स्कुल अफ हस्पिटालिटीसँग रणनीतिक साझेदारी गर्दै सोम्मेट एजुकेसन

गुरुग्राम, भारत । हस्पिटालिटी शिक्षामा आफ्नो अग्रणी संजाल विस्तार गर्ने अर्को पाइलाका रुपमा सोम्मेट एजुकेसन हस्पिटालिटी क्षेत्रका अनुभवी व्यक्तित्व दिलिप पुरी लगायत अन्य प्रमुख साझेदारद्वारा स्थापित इण्डियन स्कुल अफ हस्पिटालिटीका  साथ रणनीतिक साझेदारीमा प्रवेश गरेको कुरा सगर्व घोषणा गरेको छ ।

यससँगै सोम्मेट एजुकेसन भारतमा रहेका आफ्ना दुई प्रतिष्ठित संस्थाहरु स् एकोल डुकास्से, कुलिनरी र पेस्ट्री कलाका लागि विश्वव्यापी शैक्षिक सन्दर्भ, र लेस रोचेस, विश्वका अग्रणी हस्पिटालिटी बिजिनेस स्कुलहरु मध्येको एकका विकासमा गर्ने बताएको छ ।

सोम्मेट एजुकेसनका प्रमुख कार्यकारी अधिकृत बेनोइत एटिएन डोमेनगेटले टिप्पणी गरे  “सोम्मेट एजुकेसनले हस्पिटालिटी र पाककला शिक्षाको विश्वव्यापी अग्रणी संजाललाई आकार दिने र विकास गर्ने काम गर्दैछ । यस कार्यले हामीलाई त्यस्ता देशहरुमा उपस्थित हुन मार्गप्रसस्त गर्दैछ जुन देशहरुमा हस्पिटालिटी र सम्बन्धित क्षेत्रहरुको बिकासले आर्थिक गतिशिलता कायम गर्न मुख्य भूमिका खेल्दछ ।”

हस्पिटालिटी र सेवाका क्षेत्रहरुको बिस्तारका निम्ति भविष्यका नेतृत्वहरुको आवश्यकता पर्दछ जो भारत तथा बाहिरी मुलुकहरुमा विश्वव्यापी अवसर सदुपयोग गर्न तयार हुनेछन् । इण्डियन स्कुल अफ हस्पिटालिटीले गुरुग्राम (दिल्ली एनसीआर)मा देशकै उत्कृष्ट क्याम्पस संचालन गर्दछ र यसलाई उद्योग तथा सम्बन्धित साझेदारहरुबाट होटल व्यवस्थापन र पाककलाका निम्ति सन्दर्भ विद्यालयका रुपमा लिने गरिएको छ ।

 क्ष्क्ज् ले स्नातक र स्नातकोत्तर लेभलमा डिग्री, डिप्लोमा र प्रमाणपत्र कार्यक्रमहरुको आव्हान गर्दछ । क्ष्क्ज् अब आफ्ना विद्यार्थीहरुलाई सेमेस्टरहरु बाहिर देशमा पढ्ने अवसर प्रदान गर्न, भारतमा पढाइ सुरु गरेर संजालकै अन्य संस्थाहरुमा सम्पन्न गर्न, एमबीए लगायत नयाँ शैक्षिक कार्यक्रमहरु लेस, रोचेस, स्विजरल्याण्डमा भर्ना गर्न लगायत आफ्ना कार्यक्रमहरुको सुची पनि बलियो बनाउन सक्षम हुनेछ ।

आइएसएचका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत दिलिप पुरीले टिप्पणी गरे स् “हाम्रो सोच भनेको सधैं विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय पाठ्यक्रम र शिक्षाशास्त्र अनुसार उत्कृष्ट गुणस्तरको शिक्षा, विश्वस्तरीय प्रविधि र पूर्वाधारका साथै नामी प्राज्ञिक अध्यापक र शोधकर्ताहरु प्रदान गर्ने हो ।

 सोम्मेट एजुकेसनसँगको सहकार्यले हामीलाई हामीले प्रदान गर्ने कुराका निम्ति बलियो बनाउँछ, 'हाम्रो उपस्थितिलाई भारतभरी मात्र नभएर छिमेकी देशहरुमा समेत विस्तार गर्न मद्दत गर्दछ, र आठ देशका अठार क्याम्पस र साठी हजार प्रभावशाली पुर्व विद्यार्थी भएको सोम्मेटको प्रतिष्ठित संजालको एउटा हिस्सा बनाउँछ । हामी होटल व्यवस्थापन र पाककला शिक्षाका विश्वका दुई उत्कृष्ट ब्राण्डहरु भारतमा ल्याएर होटल उद्योगका आवश्यकताहरु पुरा गर्न अझ धेरै सक्षम हुनेछौँ ।'
 

प्रतिक्रिया दिनुहोस