aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

कुलमान विरुद्धको मुद्दा प्रधानन्यायाधीशको बेच्नमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०८ भदौ २०७८
कुलमान विरुद्धको मुद्दा प्रधानन्यायाधीशको बेच्नमा

काठमाडौं। निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नियुक्ति बदरको माग गर्दै नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङ विरुद्ध हालेको मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आफैँले हेर्ने भएका छन् । शाक्यले नियुक्ति खारेजको माग गर्दै हालेको रिटको मङ्गलवार पेशी तोक्ने क्रममा उक्त रिट जबराले आफ्नैमा राखेका हुन् ।

कार्यकारी निर्देशक पदमा ‘थमौती गरिपाँउ’ भन्दै हितेन्द्रदेव शाक्यले साउन ३२ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनले कुलमानको नियुक्ति बदरको पनि माग गरेका छन्। रिटमा शाक्यले आफूलाई गैर कानुनी रूपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको दाबी गर्दै त्यसलाई बदर गरी आफूलाई यथावत् राख्नुपर्ने माग गरेका हुन् ।

भदौ २ मा सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको बेन्चमा सुनुवाइ हुने गरी पेशी तोकिए पनि पालो नआउँदा सुनुवाइ हुन सकेको थिएन । आज मङ्गलवार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले भने हेर्ने अनुमान गरिएको छ। 

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, ऊर्जा मन्त्रालय, ऊर्जा मन्त्री, नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति र कार्यकारी निर्देशक कुलमान घिसिङलाई विपक्षी बनाइएको छ । रिटमा शाक्यले पदाधिकारीबाट आफूलाई हटाएको आधिकारिक पत्र नपाएको र सरकारले आफूलाई हटाएर कुलमानलाई ल्याउँदा ‘संविधानसम्मत अधिकार हनन भएको’ दाबी गरेका छन् । 

सरकारले शाक्यलाई जल तथा ऊर्जा आयोगको पूर्णकालीन सदस्यमा नियुक्त गरेर घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाएको थियो । 

प्रतिक्रिया दिनुहोस