aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

उपत्यकामा थपियो निषेधाज्ञा, राति ८ बजेपछि पनि गाडी चल्न पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०८ भदौ २०७८
उपत्यकामा थपियो निषेधाज्ञा, राति ८ बजेपछि पनि गाडी चल्न पाउने

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गरिएको छ । मंगलबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।  

जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार भदौ ९ गतेदेखि लागू हुने गरी भदौ १६ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो । राति ८ बजेदेखि सवारीसाधन चलाउन नपाइने नियम भने हटाइएको छ । अघिल्लोपटक थपिएको निषेधाज्ञामा अत्यावश्यक सेवा, ढुवानीका सवारीसाधन र उपत्यका प्रवेश गर्ने सवारीसाधन बाहेकका अन्य निजी एवं सार्वजनिक सवारीसाधनहरू राति ८ बजेभित्र गन्तव्यमा पुगिसक्नुपर्ने भनिएको थियो ।

यस्तो छ नयाँ आदेश 

 

प्रतिक्रिया दिनुहोस