aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

भोजपुरमा गाेली चल्याे प्रहरीसहित २ काे मृत्यु, २ जवान घाइते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ असार २०७६
भोजपुरमा गाेली चल्याे प्रहरीसहित २ काे मृत्यु, २ जवान घाइते

भोजपुर । भोजपुर नगरपालिका-७ स्थित हटियालाईनमा हतियारधारी समूहले एक्कासि फायर गर्दा प्रहरी जवान सहित दुई जनाको मृत्यु  भएकाे छ ।

हतियार सहित केही व्यक्तिहरु लुकीछिपी बसेको सूचनाको आधारमा बुधबार बिहान ड्युटीमा खटिएको प्रहरीमाथि हतियारधारी समूहले एक्कासि फायर गरेपछि प्रहरीले समेत जवाफी फायर गर्दा घाइते भएका प्रहरी जवान सहित २ जनाको जिल्ला अस्पताल भोजपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान संजिव राई र हतियारधारी समूहका करिब ३५ वर्षीय निर कुमार राई छन् । मृतक निर कुमारको साथबाट ठुलो चाइनिज पेस्तोल १ थान, त्यसको म्याग्जिन १ थान र उक्त पेस्तोलमा लाग्ने गोली ६ राउण्ड बरामद भएको छ ।

घटनामा अन्य २ जना प्रहरी जवान समेत घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ । 
उक्त समूहका अन्य ४र५ जना व्यक्तिहरु भागी फरार भएका छन् । फरार व्यक्तिहरुको खोजतलास गर्नुका साथै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस