aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

भारतको बिहारमा स्कुलदेखि स्विमिङ पुलसम्म खुले

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०९ भदौ २०७८
भारतको बिहारमा स्कुलदेखि स्विमिङ पुलसम्म खुले

एजेन्सी। भारतको बिहारमा कोविड -१९ का नयाँ सङ्क्रमितहरूको सङ्ख्यामा कमी आएसँगै स्कुल, कलेज, सपिङ मल, पार्क र धार्मिक स्थलहरू खोल्ने आदेश दिइएको छ। विहारका मुख्यमन्त्री नीतीश कुमारले ट्विट गर्दै यो जानकारी दिएका हुन्।

नीतीशले ट्विट गरेका छन् ,"सबै विश्वविद्यालय, कलेज, प्राविधिक शैक्षिक संस्था र विद्यालयहरू (कक्षा १ देखि १२ सम्म) साथै कोचिङ संस्थानहरू सामान्य रूपमा खुल्नेछन्। विश्वविद्यालयहरू, कलेजहरू, राज्य को स्कुलहरूले परीक्षाहरू सञ्चालन गर्न सक्छन्।

सबै पसल, प्रतिष्ठान, शपिंग मल, पार्क, बगैँचा र धार्मिक स्थलहरूले कोरोना सङ्क्रमणको स्थितिमा सुधार भएको कारण सामान्य रूपमा खोल्न सक्नेछन्। अब बिहा रमा सिनेमा हल, क्लब, जिम, स्विमिङ पुल, रेस्टुरेन्ट र भोजनालय ५० प्रतिशत ग्राहक क्षमता सहित खोल्न दिइने छ। 

नीतीश कुमारले तेस्रो लहरको विरुद्ध मानिसहरूलाई सतर्क रहँदै कोभिडको नियमहरूको पालना गर्न आग्रह गरेका छन्। विहार सरकारको तथ्याङ्क अनुसार मङ्गलवारसम्म बिहारमा कोरोनाको १०१ वटा मात्र सक्रिय केसहरू थिए।

प्रतिक्रिया दिनुहोस