
एजेन्सी। चीनमा राष्ट्रपति सी जिनपिङको राजनीतिक विचारधारा राष्ट्रिय पाठ्यक्रममा समावेश गरिने भएको छ। चीनको शिक्षा मन्त्रालयले भनेको छ कि सी जिनपिङ विचारधाराले किशोर किशोरीमा मार्क्सवादी सोच स्थापित गर्नेछ।
यो विचारधारा प्राथमिक विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्य पुस्तकमा समावेश हुनेछ। यसलाई राष्ट्रपति सी जिनपिङले समाजको विभिन्न क्षेत्रमा सत्तारुढ कम्युनिस्ट पार्टीको भूमिकालाई सुदृढ पार्ने एउटा प्रयासको रूपमा लिइएको छ।
शिक्षा मन्त्रालयले यस सम्बन्धी आफ्नो भनाई राख्दै तर्क गरेको छ कि यसको लक्ष्य समाजवादको निर्माणकर्ताहरु र उत्तराधिकारीहरूलाई तैयार गर्नु हो। शिक्षा मन्त्रालयले भनेको छ कि यो नैतिक, बौद्धिक, शारीरिक र सौन्दर्यको स्तरमा पनि गरिनेछ।
श्रम शिक्षा पनि यसमा सामेल गरिएको छ। जसमा कडा मेहनत र उत्साहलाई प्रोत्साहित गरिनेछ। योसँगै राष्ट्रिय सुरक्षाको शिक्षा पनि दिइनेछ। २०१८ मा सी जिनपिङ विचार चीनको संविधानमा पनि समावेश गरिएको थियो। संविधानमा यसको समावेश भएदेखि नै यो 'सी जिनपिङ बिचार' विश्वविद्यालय र विद्यालयहरूमा युवा कमिटीमा लागु गरिएको छ।
प्राथमिक विद्यालय चीनको कम्युनिस्ट पार्टी र समाजवादलाई बढवा दिनमा केन्द्रित हुनेछ। चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सको अनुसार यसले आधारभूत राजनीतिक निर्णय र विचारहरू बनाउन मद्दत हुनेछ। कलेजहरूमा सैद्धान्तिक बिचार अपनाउनमा जोड दिइनेछ।
यसभन्दा पहिले पनि कम्युनिस्ट पार्टीका नेताहरूका आफ्ना आफ्नै बिचारहरू थिए, तर माओत्सेतुङ बाहेक अरू कसैको विचारलाई पार्टीको संविधानमा सोचे जस्तो स्थान दिइएको थिएन। माओ र देङ सियाओपिङ को नाम मात्र पार्टीको संविधानमा आफ्नो विचारको लागी समावेश गरिएको थियो।
अब स्कुलका बच्चाहरू, कलेजका बिद्यार्थीहरु, सरकारी कर्मचारीहरू र नौ करोड कम्युनिस्ट पार्टीका सदस्यहरूले सी जिनपिङ विचार पढ्नेछन्। चीनमा सी जिनपिङ विचारको परिचयसँगै चिनियाँ समाजवादी युग नयाँ ढंगबाट सुरु भएको छ। पार्टीले यो नयाँ युगलाई आधुनिक चीनको तेस्रो अध्यायको रूपमा लिएको छ।
प्रतिक्रिया दिनुहोस