aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

धितोपत्र बोर्डको सदस्यमा महासंघको तर्फबाट अञ्जन श्रेष्ठ सिफारिस

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०९ भदौ २०७८
धितोपत्र बोर्डको सदस्यमा महासंघको तर्फबाट अञ्जन श्रेष्ठ सिफारिस

काठमाडौं।नेपाल धितोपत्र बोर्डको सदस्यमा नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट बस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठ सिफारिस भएका छन् । 

यसअघि नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष, ग्लोबल आईएमई बैंक तथा चन्द्रागिरि हिल्सका अध्यक्षसमेत रहेका चन्द्र ढकालले नेपाल धितोपत्र बोर्ड सञ्चालक समितिको सदस्य पदबाट राजिनामा दिएका छन् । ढकालले महासंघ अध्यक्ष शेखर गोल्छालाई कार्यव्यस्तताको कारण देखाउँदै धितोपत्र बोर्डको सञ्चालकमा बस्न नसक्ने जानकारी गराएका हुन् । 

सर्वोत्तमको शेयर खरिद प्रकरणमै मुछिएका नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पनि मंगलबार पदबाट राजीनामा दिसकेका छन् ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना, सदस्य चन्द्र ढकाल र नेप्सेका सीईओ साउदले सर्वोत्तम सिमेन्टको गोल्डेन शेयर खरिद गरेको पाईएको थियो ।

प्रतिक्रिया दिनुहोस