
एजेन्सी। धेरैले अब अफगानिस्तानको अर्थव्यवस्था अफिमको ब्यापारको अलावा अन्य कुनै तरिकाले चलन नसक्ने भनिरहेका बेला तालिबानले दाबी गरेको छ कि उसले अफगानिस्तानमा आफ्नो अघिल्लो शासनकालमा अफिमको खेतीमा पूर्ण रुपमा प्रतिबन्ध लगाएको थियो। जसको कारण अवैध लागुऔषधको व्यापार अन्त्य भयो।
हुनपनि सन् २००१ मा अफगानिस्तानमा अफीम उत्पादनमा कमी आएको थियो। तर, पछिल्ला वर्षहरुमा तालिबान नियन्त्रित क्षेत्रहरुमा अफीम खेती बढेको देखिएको छ। संयुक्त राष्ट्रसंघको औषधि तथा अपराध कार्यालय (युएनओडीसी)का अनुसार अफगानिस्तान अफिमको सबैभन्दा ठूलो उत्पादक हो। विश्वको अफिम उत्पादनको ८० प्रतिशतभन्दा बढी अफगानिस्तानमा हुने गरेको छ।
सन् २०१८ मा युएनओडीसीको अनुमान अनुसार अफगानिस्तानको कुल अर्थतन्त्रको ११ प्रतिशत हिस्सा अफिम उत्पादनको थियो। जहाँ अहिले अफगानिस्तानको नियन्त्रण हासिल गरिसकेपछि तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले भने, "जब हामी सरकारमा थियौं त्यो बेला अफिम उत्पादन भएको थिएन । हामी एकपटक फेरि अफीम खेती शून्यमा ल्याउनेछौं। कुनै तस्करी हुनेछैन।"
अमेरिकी विदेश विभागका अनुसार तालिबानको नेतृत्वमा अफिम खेती बढेको थियो। यो सन् १९९८ मा ४१ हजार हेक्टरमा अफिमको खेति भैरहेकोमा सन् २००० मा ६४ हजार हेक्टर पुग्यो। हेलमण्ड प्रान्तले विश्वको कुल अफिम उत्पादनको ३९ प्रतिशत हिस्सा ओगटेको छ र अधिकांश प्रान्त तालिबानको नियन्त्रणमा रहेको छ।
तर, जुलाई सन् २००० मा तालिबानले आफ्नो नियन्त्रणमा रहेको क्षेत्रमा अफिम खेतीमा प्रतिबन्ध लगायो। मे २००१ मा संयुक्त राष्ट्रसंघको एक रिपोर्ट अनुसार, 'तालिबान नियन्त्रित क्षेत्रहरुमा अफिम उत्पादनमा प्रतिबन्ध पूर्ण सफलता भएको छ।'
२००१ र २००२ मा तालिबानको प्रतिबन्धको बेला अफिम र हेरोइनको अन्तर्राष्ट्रिय गिरफ्तारी पनि एकदमै कम थियो। जे होस्, यस पछि स्थितिमा धेरै परिवर्तन देखीएको छ। अघिल्लो सरकारले नियन्त्रण गरेको खेती पछि पनि यो स्पष्ट छ कि अधिकांश अफिम तालिबान नियन्त्रित क्षेत्रहरुमा उत्पादन भैरहेको थियो।उदाहरण को लागी हेलमण्ड दक्षिणी अफगानिस्तान को एक प्रान्त हो। यसको धेरैजसो जमिन २०२० मा अफिमको खेतीमा थियो जुनबेला यो तालिबानको नियन्त्रणमा थियो।
अफिमको खेती अफगानिस्तानमा रोजगारीको सबैभन्दा महत्वपूर्ण स्रोत हो। अफगानिस्तानको युएनओडीसीको अफीम सर्वेक्षण अनुसार करिब एक लाख २० हजार मानिसहरु यसमा निर्भर थिए। अमेरिकी विदेश विभागका अनुसार तालिबानले अफीमलाई कर लगाएर आम्दानी पाउँछन्। साथसाथै अवैध कब्जा र अफिमको तस्करीबाट अप्रत्यक्ष आम्दानी पाउँछन्। अफिम खेती गर्ने किसानहरुलाई १० प्रतिशत कर लाग्दछ।
अफीमबाट हेरोइन बनाउने प्रसोधन प्रयोगशालाबाट पनि कर संकलन गरिन्छ र यसका व्यापारीहरुले पनि कर तिर्छन्। एक अनुमानका अनुसार तालिबानले अवैध लागुऔषधको व्यापारबाट वार्षिक १०० देखि ४०० मिलियन डलर कमाउँछन्।
अफगान पुनर्निर्माणका लागि अमेरिकी प्रहरीको विशेष महानिरीक्षकका अनुसार तालिबानको वार्षिक आम्दानीको ६६ प्रतिशत अवैध लागूपदार्थको कारोबारबाट आउँछ।
अफगानिस्तानमा उत्पादन हुने अफिमबाट ९५ प्रतिशत हेरोइन यूरोपमा प्रयोग गरिन्छ। अमेरिकी ड्रग एन्फोर्समेन्ट एजेन्सीका अनुसार अमेरिकामा हेरोइनको एक प्रतिशत मात्र अफगानिस्तानबाट आउँछ, जसमध्ये अधिकांश मेक्सिकोबाट आउँछन्।
२०१७ र २०२० को बीचमा ९० प्रतिशत भन्दा बढी लागुऔषध तस्करी सडकबाट भएको थियो। तर हालैका दिनहरुमा हिन्द महासागर र युरोप को बीच समुद्री मार्गबाट धेरै लागु औषधहरु जफत भैरहेको छ।
यदि हामी ग्राफमा अफीमको खेती, उत्पादन र जफतको मामलाहरु लाई हेर्छौं भने तब यो स्पष्ट छ कि यो अफगानिस्तानमा पछिल्लो दुई दशकहरुको बीच यो लगातार बढेको छ। अफगान पुनर्निर्माणका लागि अमेरिकी प्रहरीको विशेष महानिरीक्षकका अनुसार अफिम बरामद र तस्करहरुको गिरफ्तारीले यसको खेतीमा कुनै असर पर्दैन। यस अनुसार सन् २००८ पछि हालसम्म बरामद भएको अफीमको मात्रा सन् २०१९ को एक बर्षमा भएको उत्पादनको जम्मा आठ प्रतिशत मात्र हो। (यो सामग्री बीबीसी हिन्दीको सहयोगमा तयार पारिएको हो।)
प्रतिक्रिया दिनुहोस