काठमाडौं । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले आज पदबाट राजिनामा दिने भएका छन् । समाचार स्रोतका अनुसार आजै मुख्यमन्त्री राईले पदबाट राजीनामा दिँदैछन् । आज एमाले संसदीय दलको नेता परिवर्तन गरेर शेरधनले राजीनामा दिने र आजै अपरान्ह्रसम्म मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रदेश प्रमुखबाट नियुक्त गराउने एमालेको तयारी छ ।
बाग्मती प्रदेशमा जस्तै मुख्यमन्त्रीलाई राजीनामा गराएर नयाँ मुख्यमन्त्री नियुक्त्त गरेर आफ्नो बहुमत कायम राख्नका लागि प्रदेश १ मा एमालेले तयारी थालेको हो । सोहि अनुसार केहिबेरमा प्रदेश १ एमाले संसदीय दलको बैठक बसेको छ ।
प्रतिक्रिया दिनुहोस