aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त, आजै शपथ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १० भदौ २०७८
प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त, आजै शपथ

काठमाडौं । प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् । मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएसँगै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।  

बैठकमा राजीनामा दिँदै राईले आचार्यलाई दलको नेतामा प्रस्ताव गरेका थिए । प्रदेश प्रमुखको कार्यालयले पनि नयाँ मुख्यमन्त्रीको शपथको आजै गराउने तयारी थालेको छ ।  

नेकपा एमालेको सचिव समेत रहेका आचार्यलाई मुख्यमन्त्री बनाउने गरी आजै बसेको संसदीय दलको बैठकले दलको नेता चयन गर्ने निर्णय गरेको थियो । 

प्रतिक्रिया दिनुहोस