काठमाडौं। नेपालमा मेडिकल कलेज खरिद बिक्रीको लहर बिच पोखराको मणिपाल मेडिकल कलेज बिक्री भएको छ। यो मेडिकल कलेज आनन्द राज बतास र नारायण पौडेलले संस्थागत रूपमा खरिद गरेका हुन्। भारतको मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुपको लगानीमा खुलेको यो कलेज नेपालमा नै निजी क्षेत्रबाट सञ्चालनमा आएको पहिलो मेडिकल कलेज हो।
सन् १९९४ बाट सञ्चालनमा आएको यो मेडिकल कलेज भारतीय समूहले सवा तीन अर्ब रुपैयाँमा बिक्री गरेको हो। अब असोज १ गते देखी सम्पूर्ण रूपमा यो मेडिकल कलेज बतास र पौडेलले सञ्चालन गर्ने छन् भने मणिपाल समूह पूर्ण रूपमा बाहिरिने छ।
बतास ग्रुप अन्तरगत ३४७ करोड बराबरको स्वामित्व बताससँग रहेने छ । बतास ग्रुपको ६० प्रतिशत र अटोवेजको ४० प्रतिशत शेयर रहेने छ । मनिपाल मेडिकल कलेज कुल १० लाख स्क्यायर फिटमा रहेको छ भने यसमा ६० रोपनी जग्गा आफ्ुनै छ भने १५० रोपनी जमिन भने लिजमा रहेको छ । हाल अस्पताल ७५० बेट छन् । त्यस्तै मेडिल शिक्षामा १०० वटा सिट मनिपालले पाउने गरेको छ ।
मनिपाल कलेज नेपालीले खरिद गरेपछि अब पब्लिक लिमिटेडमा जाने समेत सञ्चालक पौडेलले बताए । मनिपाल मेडिकल कलेजमा अब अध्यक्ष आन्नदराज बतास, सञ्चालक शान्तराज बतास र नारायण पौडल रहने छन् ।
नयाँ लगानीकर्ता नारायण पौडेलले जनाए अनुसार पोखराबाट अत्यन्तै गम्भीर अवस्थाका बिरामी काठमाडौँ नै आउनुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्य सहित उनीहरूले यो कलेज किनेका हुन्। उनले भने, "नयाँ व्यवस्थापन ले थप सेवा सुविधा सहित कलेज र अस्पताल सञ्चालन गर्ने छ।" नयाँ लगानीकर्ता मध्ये बतासको ६० प्रतिशत र अटोवेजको ४० प्रतिशत लगानी रहेको छ। यस सम्बन्धी सम्झौता र लेनदेन समेत एक महिना अघि नै सकिएको हो।
प्रतिक्रिया दिनुहोस