aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

‘स्वदेशी तथा विदेशी पर्यटकको गन्तव्य हाडीगाउँ बन्ने'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ असार २०७६
‘स्वदेशी तथा विदेशी पर्यटकको गन्तव्य हाडीगाउँ बन्ने'

काठमाडौं । होमस्तटेको प्रवद्र्धनका निम्ति व्यवहारिक ज्ञान आवश्यक भएको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिस्ठान (नाथम)का कार्यकारी निर्देशक दुर्गादत्त ढकालले बताए । 

त्रिशक्ति महिला समूहले सोमबार गहनापोखरीमा आयोजना गरेको पाँच दिने होमस्टे तालिम समापन समारोहलाई सम्बोधन गर्दै ढकालले भने ‘सैद्धान्तिक ज्ञान लिएपछि त्यसलाई व्यवहारिक बनाउन औपचारिक तालिम लिनैपर्छ । यस्तो तालिमको अवसर सबैले नपाउने भएकोले आवश्यक माग भएका र आवश्यकता औल्याइका स्थानमा दिइनुपर्ने हुन्छ ।’ 

उनले त्रिशक्ति महिला समूहलाई पनि व्यवहारिक ज्ञान दिलाउन नाथमले निःशुल्क खानपान कुकिङको एकहप्ते तालिम दिने बताए । कार्यक्रममा ढकालले  आवश्यक तयारीका साथ समूह आफैं सक्रिया भएर उपयुक्त प्रस्ताव लिएर आएमा आवश्यक सहयोग गर्न सकिने पनि बताए । 

कार्यक्रममा नेपाल पर्यटन बोर्डका अधिकृत सुशीला बरालले  महिला समूहले काठमाडौंमा नै सामूदायिक होमस्टे सुरु गर्न तालिम लिनु सुरुवाति चरण मात्रै भएको बताइन् । आधारभूत होमस्टले तालिमले प्रारम्भिक ज्ञान मात्रै दिएकोले व्यवहारिक ज्ञानसहित थप प्रोत्साहन र क्षमता विकासको काम गरिरहनुपर्ने आवश्यकता औल्याइन् ।  तालिम र ज्ञान भनेको एक पटकको मात्रै पूर्ण नहुने र पटकपटक आवश्यक पर्ने पनि बताइन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं महानगरका ५ नम्बर वडा अध्यक्ष रमेश डङ्गेलले ठाउँ विशेषको महत्व दर्शाउन र आफ्नो स्थानको पहिचान दिलाउन होमस्टे प्रभावकारि हुँदै गएको बताए । उनले  आर्थिक उपार्जनको माध्यम बन्न सक्ने र पर्यटनको पछिल्लो समयको प्रभावकारी माध्यम पनि होमस्टे नै भएको बताए । 

सोही कार्यक्रममा प्रा.डा प्रेम शर्माले नेपाली होमस्टेको प्रवद्र्धन गर्न हरेक सामूदायले आ आफ्नो ढंगबाट कार्यक्रम अगाडि सार्नुपर्ने अवाश्यकता औलाए । होमस्टे तालिमका लागि थप व्यवहारिक ज्ञान हासिल गर्न त्रिशक्ति महिला समूहका सल्लाहकार तथा वरिष्ठ अधिवक्ता उद्धव केसीले सहयोग गर्ने बताए । नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा उक्त प्रशिक्षण तालिम संचालन गरिएको हो ।

होमस्टे संचालन गर्नका लागि २८ जना जनशक्ति तयार भएको आयोजन संस्था त्रिशक्ति महिला समूहकी अध्यक्ष उमा कार्कीले बताइन् । ‘हामीले यहि असार १९ गतेदेखि ३५ गतेसम्म होमस्टे संचालन गर्न सैद्धान्तिक ज्ञान लियौ,’ उनले भनिन् ‘ अब प्रयोगात्मक ज्ञान लिएर होमस्टे संचालन गछौं ।’ नेपालको पौराणिक कला र संस्कृति हेर्न जाऔं हाडीगाउँ भन्दै उनले थपिन् ‘स्वदेशी तथा विदेशी पर्यटकको गन्तव्य हाडीगाउँ बन्ने छ ।’ 
 

प्रतिक्रिया दिनुहोस