एजेन्सी। एप्पलका सिइओ टिम कुकले १० वर्ष पहिले कम्पनीको जिम्मेवारी सम्हालेका थिए। त्यस बेला नै उनले तलब प्याकेज सम्झौता अनुसार कम्पनीको शेयरको ठुलो हिस्सा पाएका थिए। अब यी शेयरहरूबाट उनले लगभग ७५ करोड भुक्तानीको रूपमा पाएका छन् ।
ब्लूमबर्ग न्यूजका अनुमान अनुसार एप्पलका सिइओ टिम कुकको कम्पनीमा करिब ५० लाख शेयर छन्। कम्पनीले अमेरिकी बजार नियामक एसईसीलाई दिएको जानकारी अनुसार यसको ठुलो हिस्सा टिम कुकले बेचेका छन् र मूल्य मूल्य करिब ७५ करोड डलर छ।
जब टिम कुक एप्पल संस्थापक स्टीव जब्सलाई अगस्त २४, २०११ मा प्रतिस्थापित गरे त्यो बेला तलब प्याकेज सम्झौता कम्पनीको शेयरहरू एस एन्ड पी ५०० स्टक एक्सचेन्जमा कुन अवस्थामा रहन्छ भन्ने कुराले त्यसलाई निर्धारण गर्ने बताइएको छ।
अब यदि विगत १० वर्षको बारेमा कुरा गर्ने हो भने एप्पलको शेयर मूल्य यसबिच १,२०० प्रतिशतले बढेको छ। एकै समयमा कम्पनीको स्टकले पछिल्लो तीन बर्सहरूमा १९१.३३ प्रतिशतको रिटर्न दिएको छ। कम्पनीको बजार पुँजीकरण अब २५ खर्व डलर पुगेको छ।
ब्लूमबर्ग बिलियनेयर इन्डेक्सका अनुसार टिम कुकको नेट वर्थ हाल १.५ अर्ब डलर छ। स्मरण रहोस्, २०१५ मा टिम कुकले भनेका थिए कि उनी आफ्नो मृत्यु भन्दा पहिले आफ्नो सबै सम्पत्ति दान गर्ने छन्। एसईसीको आँकडा अनुसार यस हप्ताको सुरुमा उनले १ अर्ब डलर दान गरेका छन् । टिम कुकको १० वर्षको तलब प्याकेज सम्झौता समाप्त भएको छ र अब उनले सन् २०२६ सम्म नयाँ प्याकेज सम्झौतामा हस्ताक्षर गरेका छन्।
प्रतिक्रिया दिनुहोस