aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

बूढानीलकण्ठमा चारतारे होटल

  • आजको कान्तिपुर दैनिकबाट
    आजको कान्तिपुर दैनिकबाट
  • शनिबार, १२ भदौ २०७८
बूढानीलकण्ठमा चारतारे होटल

काठमाडौं । बूढानीलकण्ठ नगरपालिकामा चारतारे होटल पवेरा सञ्चालनमा आएको छ । आधुनिक सुविधा र संस्कृतिसहित एक पहिचान स्थापित गर्न परम्परागत नेपाली बुटिक होटल सञ्चालन गरिएको होटलले जानकारी दिएको छ ।

होटल पवेराले आन्तरिक पर्यटकलाई लक्ष्य गरी अतिरिक्त सुविधासहितको आकर्षक प्याकेज ल्याएको छ । होटलमा रोयल लुक्स सामग्री, स्थानीय उत्पादन, हस्तकला र आधुनिक बाथ टब, सातौं तलामा स्विमङ पुल, जिम खाना, आकर्षक मनोरम दृश्यलगायत विशेषता रहेको होटलका प्रबन्ध निर्देशक राधेश्याम थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस