aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

सवारीसाधनको  एसेम्बलमा महालेखाको उदाहरणमा बजाज कम्पनी

  • आजको कान्तिपुर दैनिकबाट
    आजको कान्तिपुर दैनिकबाट
  • शनिबार, १२ भदौ २०७८
सवारीसाधनको  एसेम्बलमा महालेखाको उदाहरणमा बजाज कम्पनी

काठमाडौं ।  सवारीसाधन बिक्री गर्ने कम्पनीले सरकारी छुट सुविधा लिई स्वदेशमै एसेम्बल गरे पनि त्यसको लाभ अर्थतन्त्र र उपभोक्ताले पाउन नसकेको भन्दै महालेखा परीक्षकको प्रतिवेदनले प्रश्न उठाएको छ । एसेम्बलका सन्दर्भमा महालेखाले बजाज कम्पनीको उदाहरण प्रस्तुत गरेको छ ।

उसले सरकारबाट अन्तःशुल्क र मूल्यअभिवृद्धि कर गरी साढे ७६ करोड छुट पाएको छ । तर उक्त मूल्य बराबरको छुट पैठारीकर्ताले मात्रै पाएको, उपभोक्ताले कुनै छुट नपाएको र अर्थतन्त्रमा मूल्य अभिवृद्धिसमेत नभएको प्रतिवेदनमा उल्लेख छ ।

‘बजाजका मोटरसाइकल कम्प्लिटली नक्ड डाउन (सीकेडी) अवस्थाका उल्लेख गरी ५ अर्ब २८ करोड २५ लाख ८ हजार मूल्यको पैठारी गर्दा भन्सार जाँचपासका क्रममा ७६ करोड ७० लाख ४७ हजार राजस्व छुट लिएको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ । 

प्रतिक्रिया दिनुहोस