भैरहवा । भैरहवा वितरक संघको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशन शनिवार सम्पन्न भएको छ । अधिवेशन उद्घाटन गर्दै कसौधनले वितरकहरु उद्योग र कम्पनीबाट विभिन्न समस्यामा पर्ने गरेकाले आपसी एकता र सहकार्य जरुरी रहेको बताए । अहिलेको बजार प्रतिसप्रधात्मक रहेकोले सबै व्यवसायी एकिकृत भई सहकार्यमा अगाडि बढ्नु पर्छ काशौधनले भने ।
कार्यक्रममा अवधारणा पत्र प्रस्तुत गर्दै मनिष कुमार जोशीले बिना एनओसी कुनै पनि डिलर नलिन बितरकहरुलाई आग्रह गरे । जोशीका अनुसार एनओसी बिना डिलर लिदा ब्यवसायीहरुले समस्या झेल्दै आएका छन् । जोशीले अवधारणा पत्रमा बैंक ग्यारेण्टीको दस्तुर कम्पनीले तिर्नुपर्ने, डिलर लिएको क्षेत्रमा नै बिक्री गर्नुपर्ने, बजारमा हुने बितरण प्रणाली ब्यवस्थित गराउनुपर्ने बताए ।
जोशीले सिमा नाकामा हुने चोरी पैठारीका कारण बितरकहरुको ब्यवसायमा समस्या हुने गरेको बताए । जोशीका अनुसार नेपालमा आधिकारीक डिलर भएका समाननै भारत बाट चोरी पैठारी भएर अत्याधिक मात्रामा आउने गरेको छ ।
बितरकहरुलाई कालोसुचीमा भएका एजेन्सीहरु बाट बच्न र अण्डर बिलिङको काम निरुत्साहित गर्न जोशीले आग्रह गरे । कार्यक्रममा उधोग ब्यापार संगठन रुपन्देही उपाध्यक्ष दर्पण श्रेष्ठ, उधोग ब्यापार संघ बुटवलका गोबिन्द गैर्हे, लुम्बिनी प्रेस क्लवका अध्यक्ष नरेश केसी, सिद्धार्थ उधोग बाणिज्य संघका उपाध्यक्ष नेत्र प्रसाद आचार्य, तिर बहादुर रोक्का (डार्विन), खिम नारायण पराजुली लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
संघको प्रथम अधिवेशनले राजकुमार जोशीको अध्यक्षतामा नणं कार्यसमिति निर्वाचित गरेको छ । संघको उपाध्यक्षमा अभिनवमयुर कसौधन,महासचिवमा कुलानन्द पोखरेल,कोषाध्यक्षमा विजयबहादुर कोइरी र सचिवमा धर्मेन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् । यस्तै कार्यसमिति सदस्यहरुमा मनिष अग्रवाल, महेन्द्रकुमार गुप्ता,इश्वरप्रसाद सुवेदी,कपिल ज्ञवाली,मोहन पन्थी र प्रकाश अधिकारी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस